भीमदत्त नगरका सामुदायिक विद्यालयमा 'ई-हाजिरी' जडान सुरु - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

भीमदत्त नगरका सामुदायिक विद्यालयमा ‘ई-हाजिरी’ जडान सुरु

कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा ‘ई–हाजिरी’ जडान सुरु गरिएको छ । नगरपालिकाले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि विद्यालयमा ई हाजिरी जडान गरेको हो ।

बुधबार भीमदत्त नगरपालिका–९ को उत्तरी क्षेत्र ब्रम्हदेबमा रहेको सिद्धनाथ सामुदायिक विद्यालयमा ई हाजिरी जडान गरिएको छ । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले विद्यालयका प्रधानाध्यापक अम्बादत्त जोशीलाई ईलेक्ट्रोनिक हाजिरी हस्तान्तरणका साथै उक्त हाजिरीको उद्घाटन गरे ।

प्रअ जोशीले ई–हाजिरी जडान गरेसँगै शिक्षकलाई थप उत्तरदायी बनाउने बताए । हाजिरीको प्रभावकारी कार्यान्वयनमा उनले जोडदिए । विद्यालयमा दरबन्दी र भौतिक पुर्वाधारको अभाव रहेको बताउँदै प्रअ जोशीले विद्यालय सुधारका लागि नगरपालिकासंग सहयोगको माग समेत गरेका छन् ।

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले नगर भित्रका सामुदायिक विद्यालयको गुणस्तर वृद्धि र शिक्षक, अभिभावक र विद्यार्थीलाई थप जिम्मेवार बनाउनका लागि विद्यालय सुचना एव प्रविधिमैत्री बनाईने बताए । ‘सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घट्दै छ’, ‘उनले भने, ‘विद्यार्थीको आकर्षणको केन्द्र बनाउन नगरपालिकाले सबै विद्यालयमा सुचना प्रविधि जडान गर्छ ।’

नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा ई–हाजिरी, भौतिक संरचना र गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले कार्य योजना बनाएको मेयर विष्टले बताए । अभिभावकले सामुदायिक विद्यालय प्रविधी र भौतिक, मानवीय स्रोत साधन सम्पन्न बनाउनुपर्नेमा जोडदिएका छन् ।

तपाईको प्रतिक्रिया