पाठक टिप्पणी : क्रान्तियोद्धाको सम्मान - Naya Patrika
eNaya Patrika
  • ePaper

पाठक टिप्पणी : क्रान्तियोद्धाको सम्मान

११ साउनको नयाँ पत्रिकामा ‘ओझेलमा हलो क्रान्तिका नायक’ शीर्षकको समाचार पढ्ने मौका पाइयो । यो समाचार पढ्दा निकै खुसी लाग्यो । यसबाट पण्डित तोयनाथ अधिकारीलाई माया गर्नेजति सबै खुसी भएको हुनुपर्छ ।

बाहुनले हलो जोत्नु हुँदैन भन्ने संकुचित सोचको बोलवाला भएको समयमा पनि हलो जोतेर हलोक्रान्ति गर्न सफल पण्डित अधिकारीलगायतलाई हामी सबैले हृदयैदेखि सम्मान गर्न सक्नुपर्छ ।

सामान्य जनताले बोल्नसमेत नपाउने राणाशासनमा पनि अधिकारीले सामाजिक क्रान्तिको वीजारोपण गरेका थिए । त्यतिखेर त हलो जोत्ने बाहुन सामाजिक बहिष्कारमा समेत पर्थे । आफूले अनेकौँ कष्ट सहेर पनि यसरी सामाजिक क्रान्ति गर्ने योद्धालाई सम्झनु र सम्मान गर्नु सामाजिक क्रान्तियोद्धाप्रतिको वास्तविक न्याय हो ।

निरञ्जन मैनाली

कोल्हवी–२, निकास, बारा
हाल : जोरपाटी, काठमाडौं

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु