प्रदेशका जनता करको मारमा छैनन् : मुख्यमन्त्री पोखरेल - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रदेशका जनता करको मारमा छैनन् : मुख्यमन्त्री पोखरेल

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका जनता करको मारमा नभएको बताएका छन् । सोमबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको आयोजना भएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारल गरिब जनतालाई मारमा नपारेको बताए ।

उनले भने,‘धेरै कमाउनेले धेरै र थोरै कमाउनेले थोरै कर तिर्ने नीति लिएका छौँ । ’ अति गरिब भई कर तिर्न नसक्नेको लागि प्रदेश सरकारले कर नतिर्ने नीति समेत ल्याएको बताए । विपतमा परेका जनताले समेत अब निशुल्क रुपमा सेवा प्राप्त गर्ने उनले बताए । उनले भने ‘प्रदेशका जनता करको मारमा छैनन् । ’

पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले प्रदेशले कृषि, पर्यटन, उर्जा, सडक, शिक्षा, स्वास्थ्य लगायतका विविध पक्षको सुधार गर्दै समाज सुधारको काममा अघि बढेको बताए । कृषिलाई आधुनिकिकरण, बजारीकरण र ग्रामीण पर्यटनको अवधारणा मार्फत ग्रामीण क्षेत्रको समृद्धिको लागि प्रदेश सरकारले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम ल्याएको बताए । उनले भने, ‘प्युठानका ३ गाउँपालिका यसबाट लाभाविन्त हुनेछन् ।’ सरकारले मध्यपहाडी लोक मार्ग, हुलाकी सडक लगायतका सडक अवधारणाहरु मार्फत सडकको पहुँचमा सबै जिल्लालाई पार्ने गरी काम सुरु गरेको समेत उनले जानकारी दिए ।

प्रदेश मन्त्री पोख्रलले प्युठानमो नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजना निर्माण गर्नका लागि ‘डिपिआर र आइएइ’ को काम भइरहेको बताए । प्रदेश भित्रका जिल्लालाई राष्ट्रिय राजमार्गमा जोड्ने, खेलमैदान निमार्ण गर्ने, प्रत्येक पालिकामा बहुउद्धेश्य भवन निमार्ण गर्ने लगाएतका काम अगाडि बढाएको बताए ।

तपाईको प्रतिक्रिया