प्रतिनिधि सभाको बैठक - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रतिनिधि सभाको बैठक

प्रमुख प्रतिपक्ष दल काँग्रेसले कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ३ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा तत्काल पत्ता लगाई कडा कार्वाही गर्न सरकारसँग माग गरेको छ ।

काँग्रेसका सांसदद्धय डिलेन्द्रप्रसाद बडु र डिला संग्रौलाले प्रतिनिधिसभाको आईतबारको बैठकको शुन्य समयमा बोल्दै बालिका पन्तको हत्यारालाई पक्राउ गरी कडाभन्दा कडा कार्वाही गर्न सरकारसँग माग गरेका हुन् ।

त्यस अवसरमा सांसद संग्रौंलाले टयूसन पढन गएकी बालिकालाई सामूहिक बलात्कारपछि हत्या गर्दा पनि सरकार हत्यारालाई पत्ता लगाउनु साटो पीडित परिवारलाई दमन गर्न उद्धत रहेको आरोप लगाउँदै आक्रोश समेत व्यक्त गरे । टयूसन पढन गएकी बालिका पन्तको सामूहिक हत्यापछि उखुबारीमा फालिएको अवस्थामा शव भेटिएको थियो । सांसद बडुले सो घटनाको निन्दा र भत्सर्ना गर्दै हत्यारालाई पक्राउ गरी कार्वाही गर्न सरकारसँग जोडदार माग गरे ।

तपाईको प्रतिक्रिया