सिर्जना वाचन डबलीको तेह्रौं श्रृंखला सम्पन्न - Naya Patrika
eNaya Patrika
  • ePaper

सिर्जना वाचन डबलीको तेह्रौं श्रृंखला सम्पन्न

‘स्रष्टा भेटघाट तथा सिर्जना वाचन डबली’ को तेह्रौं श्रृखला शुक्रबार युएईको शारजाहमा सम्पन्न भएको छ ।

कार्यक्रममा डबलीका संरक्षक टंक बहादुर गुरुङ्गको सभापतीत्व र नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बस्यालको प्रमुख आतिथ्यता रहेको थियो । गीतकार विष्णुबाबु देबकोटा र संगीतकार बादल घिमिरे कार्यक्रममा प्रमुख अतिथीको रुपमा आमन्त्रित थिए ।

युएईमा रहेका करिब पाँच दर्जन नेपालीे जमघट भएको उक्त वाचन डबलीमा स्रस्टाहरुले कविता, मुक्क्तक, हाइकु, गजल, गीत लगायतका सृजनाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमका लागि आएका गीतकार बिष्णुबाबु देवकोटा, संगीतकार बादल घिमिरे र विराज नेपाललाई दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया