घुस लिदै गर्दा कर्मचारी पक्राउ - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

घुस लिदै गर्दा कर्मचारी पक्राउ

जिल्लाको फेटा गाउँपालिकाका लेखापाल शौरभकुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिदै गर्दा पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले उनलाई घुससहित कार्यकक्षमा रङ्गे हात पक्राउ गरेको हो ।

एचआइभी नियन्त्रणसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरे वापत रकम भुक्तानीका लागि सेवाप्रदायक संस्थाका प्रतिनिधिसँग नगद तीस हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको आयोगको हेटौडा स्थित कार्यालयले जनाएको छ ।

उनलाई आवश्यक थप अनुसन्धानका लागि बिहीबार काठमाडौंस्थित आगोगको केन्द्रीय कार्यालयमा पठाइने आयोगको हेटौडा कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया