कुटेर दुवै अाँखा झार्नेलार्इ अाठ वर्ष कैद - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

कुटेर दुवै अाँखा झार्नेलार्इ अाठ वर्ष कैद

धादिङ जिल्ला अदालतले एक वृद्ध कुटपिट गरेको दोषी ठहर गर्दै एकबहादुर खड्कालाई ८ वर्ष कैदसहित तीन लाख जरिवानाको फैसला सुनाएको छ । उनले ६६ वर्षीय रुद्रबहादुर परियारलाई कुटेर दुवै आँखा निकालिदिएका थिए ।

जिल्ला न्यायधीश उमेश कोइरालाको इजलासले थाक्रे गाउँपालिका, १ निवासी १७ वर्षीय खड्कालाई सो सजाय सुनाएको हो । अभियुक्तलाई जरिवानासहित ८ कैद सजाय भएको फैसलामा उल्लेख गरिएकाे जिल्ला अदालतका उदयराज काफ्लेले बताए ।

खड्काले २०७४ कात्तिक १० गते परियारलाई कुटेका थिए । पीडितलाई टाउकोको पछाडि हान्दा दुवै आँखा झरेको थियो ।

तपाईको प्रतिक्रिया