माथिल्लो दोर्दी ‘ए’ जलविद्युतको काम अन्त्यतिर - Naya Patrika
eNaya Patrika
  • ePaper

माथिल्लो दोर्दी ‘ए’ जलविद्युतको काम अन्त्यतिर

लमजुङ निर्माधिन रहेको २५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको काम अन्त्यतिर पुगेको छ । आयोजनामा अहिलेसम्म ७७ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको निर्माण कार्य तिव्र रुपमा भईरहेको लिवर्टी इनर्जी कम्पनी लिमेटेडका सञ्चालक राजेन्द्र वस्तीले बताए ।

वस्तीका अनुसार आयोजनाको पाइप लाइन, सुरुङलगायतको काम तिव्र रुपमा भएको छ, भने बाँधको काम बर्खाको कारण रोकिएको छ । उनका अनुसार आयोजनाको बाँध क्षेत्रमा धेरै काम सकिएको छ । दुई हजार ८ सय मिटर लामो पेनेस्टक पाइप लाइनको ९० प्रतिशत बिछ्याउने काम सकिएको छ भने टनेलको काम २ हजार ६ सय २३ मिटरमा २ सय २८ मिटर बाँकी रहेको आयोजनाका साइट प्रोजेक्ट म्यानेजर टेकेन्द्र भण्डारीले बताए ।

आयोजनामा सुरुङ र पाइप दुवै रहने गरी डिजाइन गरिएको छ । यस्तै, विद्युतगृहमा १६ महिनामा उत्पादन सुरु गर्ने तालिका भए पनि एक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिएको कम्पनीको दाबी रहेको छ । उत्पादीत विद्युत नजिकै रहेको नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने एक सय ३२ केभी कीर्तिपुर सबस्टेसनमा जोडिनेछ ।

२५ मेगावाट क्षमताको लिबर्टी इनर्जी कम्पनी लिमिटेडले ०६९ मा पिपिए सम्पन्न गरेको थियो । चार अर्र्ब लगानीमा निर्माण हुन लागेको आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा नाैँ बैंकले लगानी गरेका छन् । आयोजना २०७५ मंसिरमा सक्ने लक्ष्य भए पनि गत बैशाख १२ को भूकम्प तथा भारतीय नाकाबन्दीले थप एक वर्ष लाग्ने वस्तीले बताए ।

आयोजनामा बैंकको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी छ । कम्पनीले ०७५ सालको अन्त्यसम्म विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।

दशैँपछि शेयर निष्कासन गर्ने

२५ मेगावाटको आयोजनाले दशैँपछि शेयर निष्कासन गर्ने भएको छ । आयोजनाका प्रवन्ध निर्देशक डा. आत्माराम घिमिरेले स्थानीयसँग समन्वय गरी आयोजनाको शेयर निष्कासन गरिने बताए । उनका अनुसार आयोजनाले स्थानीयलाई १० प्रतिशत र सर्वासाधरणलाई १५ गरी २५ प्रतिशत शेयर निष्काशन गर्ग लागिएको हो ।

आयोजनाले स्थानीय मानिसलाई १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर र सर्वसाधरणलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने आयोजनाका प्रबन्धक घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया