नवलपुर अदालतमा लक्ष्य भन्दा बढी मुद्दा फछ्र्याैट - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

नवलपुर अदालतमा लक्ष्य भन्दा बढी मुद्दा फछ्र्याैट

नवलपुर जिल्ला अदालतले आर्थिक वर्ष २०७४/७५ को ६ महिनामा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्याैट गरेको छ । मुलुक संघीय संरचनामा गएर साविकको नवलपरासी दुई जिल्लामा विभाजन भएपछि ७ महिना अघि मात्रै स्थापना भएको नवलपुर जिल्ला अदालतले लक्ष्य भन्दा १४ दशमलब ६२ प्रतिशत बढी मुद्दा फछ्र्याैट गरेको हो ।

१५ वर्षे रणनीतिक योजनाले वार्षिक ६० प्रतिशत मुद्दा फछ्र्याैट गर्ने लक्ष्य दिएकोमा नवलपुर अदालतले ६ महिनामै ४४ दशमलब ६२ प्रतिशत मुद्दा फछ्र्यौट गर्न सफल भएको हो । ५ मंसिर ०७४ मा स्थापना भएको अदालतले मंसिर ७ देखि मुद्दा दर्ता गर्ने गरे पनि माघ ३ देखि नियमित इजलास सुरु गरेको थियो । यस अवधिमा विभिन्न प्रकृतिका पाँच सय ६४ वटा मुद्दा फैसला भएको जिल्ला अदालतमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अदालतका श्रेस्तेदार तारादत्त बडुले जानकारी दिए ।

६ सय ७० मुद्दा फछ्र्यौट हुन बाँकी
उनले साविकको जिल्ला अदालत परासीबाट अड्डासारी भएर आएका ५सय ८४ र नवलपुर जिल्ला अदालत स्थापना भएपछि दर्ता भएका ६ सय ५० मुद्दा गरी कुल एक हजार दुई सय ३४ मुद्दामध्ये ६ महिनामा ४४ दशमलब ६२ प्रतिशत अर्थात ५ सय ६४ मुद्दा फैसला गरिएको बताए । श्रेस्तेदार बडुका अनुसार अब ६ सय ७० मुद्दा फछ्र्यौैट हुन बँ“की छ । अदालतका श्रेस्तेदार बडुका अनुसार नवलपुरमा झण्डै तीन सय मुद्दा दर्ता हुने लक्ष्य राखिएको भए पनि मुद्दा दर्ता गर्ने क्रम ह्वात्तै बढेको हो ।

जिल्ला न्यायाधीश विदुर कोइरालाले ६ महिनामा गरिएको मुद्दा फछ्र्याैट अनुसार १५ वर्षे रणनीतिक योजनाअन्र्तगत वार्षिक रुपमा लक्ष्यभन्दा झण्डै ३० प्रतिशत बढी मुद्दा फैसला हुने बताए । उनले संक्रमणकालीन अवस्थामा पनि आफूहरुले मुद्दा फछ्र्यौैटको कामलाई प्राथमिकता दिएकाले नै लक्ष्य भन्दा बढी मुद्दा फैसला गर्न सफल भएको दाबी गरे । अदालतमा कार्यरत न्यायाधीशसहित अधिकांश कर्मचारीहरु दरबन्दीमा कार्यरत भए पनि लक्ष्य भन्दा बढी मुद्दा फैसला हुनु नै अदालतको सफलता भएको उनको भनाइ छ ।

देवानी प्रकृतिका मुद्दा बढी
नवलपुर जिल्ला अदालतमा फौजदारी भन्दा देवानी प्रकृतिका मुद्दाहरु बढी दर्ता भइरहेका छन् । देवानीमा पनि अंश मुद्दा, सम्बन्ध बिच्छेद, लेनदेनका मुद्दाहरु बढी रहेको श्रेस्तेदार बडुको भनाइ छ ।
यसैगरी फौजदारीतर्फ भने सबैभन्दा बढी लागू औषधको मुद्दा दर्ता हुने गरेको उनले बताए ।

नवलपुर जिल्ला अदालतबाट फैसला भएर कारागार चलान हुने अभियुक्तहरु मध्ये परासीबाट अड्डासारी भएर आएका अभियुक्तहरुलाई परासी मै पठाउने गरिएको र नवलपुरमा मुद्दा दर्ता भएर सजाय पाउनेहरुलाई चितवनको भरतपुर कारागार पठाउने गरिएको श्रेस्तेदार बडुको भनाइ छ । नवलपुरमा कारागार नहुदा अभियुक्तलाई बर्दघाट सुस्ता पश्चिम परासी र चितवनको भरतपुर पठाउनु पर्ने बाध्यतामा नवलपुर अदालत छ ।

तपाईको प्रतिक्रिया