विपद् व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

विपद् व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन

सरकारले अबिरल वर्षासंगै आईपर्न सक्ने सम्पुर्ण विपद व्यवस्थापन तथा न्युनिकरणका लागि कुनै पनि कसर बाँकी नराखि काम गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

बिहीबार गृहमन्त्रालयमा बसेको विपद व्यवस्थापन र न्युनिकरण संग सम्बन्ध राख्ने सरकारी निकायका पदाधिकारी सम्मिलित बैठकमा गृहमन्त्री रामबहादुर थापाले विपदको तत्काल सम्बोधन गर्र्ने गरी सम्पुर्ण रुपले तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

गृहमन्त्री थापाको अध्यक्षतामा बसेको बैठकले विपत जोखिम न्युनिकरणका लागि आवश्यक पहल गर्दै प्रभावितको तत्काल उद्धार, राहत तथा आवश्यक बन्दोबस्तीको व्यवस्था मिलाउनका लागि आवश्यक उपकरण र जनशक्तिलाई तयारी अवस्थामा राख्न मातहतका निकायलाई निर्देशन दिएको हो ।

बैठकमा सहभागी विपद जोखिम न्युनिकरण महाशाखाका सहसचिव केदारबहादुर न्यौपानेले राहत र उद्धारका लागि गाउँपालिका, नगरपालिका, प्रदेश सरकार लगायतसंग आवश्यक समन्वय गरी आवश्यक उपकरण र जनशक्तिलाई तयारीमा राख्ने निर्णय भएको जानकारी दिए । सरकारले विपद व्यवस्थापनका लागि आवश्यक तयारी गरेको भन्दै उनले जस्तो सुकै विपदका लागि पनि आवश्यक उपकरण, जनशक्ति र स्रोत साधन तयारी अवस्थामा राखिएको बताए ।

मन्त्रालयले मौसम पुर्वानुमान सम्बन्धी आवश्यक जानकारी र पुर्व चेतावनीयुक्त सन्देश दिई सर्वसाधरणलाई सर्तक र सचेत बनाउने कार्यक्रम पनि गर्ने तयारी गरेको जानकारी दिए । राहत सामाग्री वितरणमा भने एकद्धार प्रणाली अपनाउन मन्त्रालयले सबैलाई अपिल गरेको छ ।

मन्त्रालयले केन्द्रमा गृहमन्त्रालय, प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्थानीय तहमा जिल्ला विपत व्यवस्थापन समितिका प्रमुख प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरी राहत वितरणमा सहयोग पुर्याउन तथा अनावश्यक चन्दा संकल गर्ने ÷गराउने काम नगर्न तथा त्यस तर्फ सचेत हुन सर्वसाधरणलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया