दोहोरो अंक घट्यो नेप्से - Naya Patrika
eNaya Patrika
  • ePaper

दोहोरो अंक घट्यो नेप्से

सेयरबजारमा साताका अन्तिम दिन दाहोरो अंक नेप्से घटेको छ । १३ दशमलव ६६ अंक घटेर परिसूचक ११९१ दशमलव ९८ बिन्दुमा रोकिएको छ । पछिल्ला केही दिन यता निरन्तर नेप्से परिसूचक घटिरहेको छ । बजार खुलेको दुई घण्टामा १२१० बिन्दु पुगेको परिसूचक बजार बन्द हुने समयमा ११९१ मा आएर रोकिएको हो ।

दोहोरो अंक नेप्से बढेको दिन आज कारोबार सामान्य गिरावट आएको छ । आज एक सय ६३ कम्पनीको १६ लाख २० हजार आठ सय ८० कित्ता सेयर चार हजार ९ सय ४१ पटक खरिदबिक्री भएको छ । जसबाट सेयरबजारमा ४५ करोड ४४ लाख ५ हजार दुइ सय ५६ रुपैंया परिचालन भएको छ । अघिल्लो दिन ४७ करोड कारोबार भएको थियो ।

आज उत्पादनमूलक समूहबाहेक सबैको परिसूचक घटेको छ । बैंकिङ १० दशमलव ३१, व्यपार शुन्य दशमलव ४३, होटल ३७ दशमलव ६५, विकास बैंक १८ दशमलव ८३, हाइड्रोपावर २१ दशमलव ७, फाइनान्स तीन दशमलव ८७, इन्स्योरेन्स एक सय सात दशमलव ५८, अन्य शुन्य दशमलव ५१ र माइक्रोफाइनान्स ३६ दशमलव ०६ अंक परिसूचक घटेको छ । उता उत्पादनमुलक समूह भने दुइ दशमलव आठ अंक बढेको छ ।

आज सेयर बजारमा सबै भन्दा बढी लक्ष्मी विकास बैंकले साढे ६ करोडको कारोबार गरेको छ । त्यस्तै कुमारी विकास बैंक (संस्थापक सेयर) चार करोड ३६ लाख, एनएमबी माइक्रोफाइनान्स बित्तीय संस्थले डेढ करोड, कुमारी बैंक लिमिटेडले एक करोड २२ लाख, जनता बैंक नेपाल लिमिटेड((संस्थापक सेयर) एक करोड नौ लाख र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले एक करोड ९ लाख रुपैंयाको कारोबार गरेका छन् ।

तपाईको प्रतिक्रिया