वर्षाले काभ्रेमा बिचल्ली, कतै डुबान कतै बाढी (फोटोफिचर) - Naya Patrika
eNaya Patrika
  • ePaper

वर्षाले काभ्रेमा बिचल्ली, कतै डुबान कतै बाढी (फोटोफिचर)

रातिदेखी परेको अबिरल वर्षाले काभ्रेको जनजीवन प्रभावित भएको छ । वर्षाले कतै डुबान परेका छ, भने कतै बाढी पहिरोले यातायात सेवा अवरुद्ध भएको छ । पहिरोले बेथानचोक, कोशीपारी, डाँडापारी, अरनिको राजमार्गलगायत बिपी राजमार्ग अवरुद्ध भएको हो ।

वर्षेनी डुबानमा पर्दै आएको काभ्रेमा मुख्य व्यापारिक केन्द्र डुबानमा परेको छ । बुधबार रातभर र बिहिबार बिहानसम्म वर्षाले बनेपा बजार डुबानमा परेको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिलजंग शाहले दिएको जानकारीअनुसार वर्षेनी बनेपाको पुलबजार, धनेश्वरको पुल र धुलिखेल तरकारी डुबानमा परेको छ ।

बनेपा भएर बग्ने खोला अतिक्रमणले गर्दा नै यो समस्या भोग्नु परेको नगरबासीहरु बताउँछन । शक्तिमा बस्दै आएका मानिसले खोला अतिक्रमण गरेकाले डुबानको समस्या भएको राजेन्द्र श्रेष्ठले बताए ।

वर्षेनी डुबान झेल्दै आएको बनेपाबासीले जनप्रतिनिधी आएपछि यो समस्याबाट छुटकारा पाउने आशमा गरेका थिए । तर, जनप्रतिनिधि आएको दुई वर्ष बितिसक्दा समस्या समाधान नभएकोे बनेपाबासी बताउँदै आएका छन । रमेश थापा भन्छन्, ‘जनप्रतिनिधिले केही गर्ला भन्ने सोचेको थिए, तर केही गरेन ।’

तपाईको प्रतिक्रिया