सिटिजन्स बैंक र दीर्घायु गुरु अस्पतालबीच सहकार्य - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

सिटिजन्स बैंक र दीर्घायु गुरु अस्पतालबीच सहकार्य

सिटिजन्स बैंक र दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टरबीच सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले र अस्पतालका म्यानेजिङ डाइरेक्टर सुरज बलाया श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

सम्झौतापश्चात् बैंकका डेबिट–क्रेडिट कार्डबाहक तथा कर्मचारीले दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउने जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

सिटिजन्स बैंकले देशभर ७४ शाखा, ७० एटिएम र ९९ शाखारहित बैंकिङ एकाइबाट सेवा दिइरहेको छ ।

सिटिजन्स बैंक र पानस रेमिटबीच सम्झौता

सिटिजन्स बैंक र पानस रेमिट प्रालिबीच युरोपलगायत अन्य मुलुकबाट नेपालमा बैंकिङ प्रणालीमार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने सम्झौता भएको छ ।

सम्झौतामा बैंकका प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले तथा पानस रेमिटका प्रमुख कार्यकारी अधिकृत धर्मराज पौडेलले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार पानस रेमिटमार्फत युरोप, अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वी देशहरूबाट नेपालमा पठाएको विपे्रषण रकम नेपालमा प्राप्त गर्ने व्यक्तिले सिटिजन्स बैंकको नेपालभर रहेको ७४ वटा शाखाबाट सहज रूपमा भुक्तानी पाउन सक्नेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका ७४ शाखा, ७० एटिएम र ९९ शाखारहित बैंकिङ एकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया