लुप नेटवर्कसको बिक्री प्रवर्धन याेजना - Naya Patrika
eNaya Patrika
  • ePaper

लुप नेटवर्कसको बिक्री प्रवर्धन याेजना

इन्टरनेट सेवा प्रदायक कम्पनी लुप नेटवक्र्सले ‘जति इच्छा लाग्छ तिर्नुहोस्, मज्जाले इन्टरनेट चलाउनुहोस्’ नामक योजना सुरु गरेको छ ।

दुई सातासम्म सञ्चालन हुने यस योजनामा ७ एमबिपिएस, १२ एमबिपिएस र १८ एमबिपिएसका प्याकेजहरू खरिद गर्दा पहिलो महिना आफ्नो इच्छाअनुसार पैसा तिरे पुग्ने योजना ल्याएको हो ।

पहिलो महिना उठेको रकम कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक संस्था न्यु नेपाल सोसाइटी सेन्टरका गरिब, असहाय, एवं टुहुरा बालबालिकाका लागि प्रदान गर्ने जनाएको छ । नेटवर्कले यस योजनालाई राजधानी काठमाडौंमा मात्रै केन्द्रित गरेको छ ।

कम्पनीले कुलेश्वर, कालिमाटी, बल्खु, टेकु, रविभवन, त्रिपुरेश्वर, भोटेबहाल, बाफल, सीतापाइला, रामकोट, आरुबारी, माकलबारी, जगडोल, नैकाप, कलंकीलगायतका स्थानमा ‘जति इच्छा लाग्छ तिर्नुहोस्, मज्जाले इन्टरनेट चलाउनुहोस्’ अभियान सञ्चालन गरिसकेको कार्यकारी अध्यक्ष सतिश पोखरेलले बताए ।

लुप नेटवर्कसले हाल काठमाडौंबाहेक चितवन, सुनसरी, धनुषा, झापा, नुवाकोटमा सेवा सञ्चालन गर्दै आएको जनाएको छ । चाँडै रुपन्देहीमा पनि सेवा सञ्चालनमा ल्याउने पोखरेलले बताए । कम्पनीले इन्टरनेटसँगै डिजिटल केबल टिभी सेवा पनि प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया