सानिमा इन्स्योरेन्सको कारोबार सुरु - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

सानिमा इन्स्योरेन्सको कारोबार सुरु

सानिमा इन्स्योरेन्स कम्पनीले आफनाे व्यावसायिक कारोबारको औपचारिक सुरुवात गरेको छ । कम्पनीको काठमाडौं कमलादीस्थित प्रधान कार्यालयमा कम्पनीका सञ्चालक खेमराज लामिछानेले कारोबार सुरु गरेका हुन् ।

कम्पनीले नेपाली बिमा बजारमा रहेका अग्नि, मोटर, निर्माण, जलविद्युत्, बाली तथा पशुधनलगायतका विविध बिमा सेवामार्फत कम्पनीले आफनो सेवा प्रारम्भ गरेको जनाएको छ ।

कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आउँदो आर्थिक वर्षभित्रमा ३० करोड रुपैयाँबराबरको सेयर सर्वसाधारणका लागि जारी गरेर चुक्ता पुँजी १ अर्ब रुपैयाँ पु¥याउने कम्पनीले जनाएको छ ।

कम्पनी सानिमा बैंक, सानिमा प्रालि, गैरआवसीय नेपाली संघका संरक्षक जीवा लामिछानेलगायतको मुख्य लगानी रहेको छ ।

कम्पनीमा गैरआवसीय नेपाली तथा उद्योगी व्यवसायीले प्रवद्र्धन गरेका हुन् । कम्पनीको सञ्चालक समितिको अध्यक्षमा डा. जुगल भुर्तेल तथा सञ्चालकमा अरुणकुमार ओझा र खेमराज लामिछाने रहेका छन् ।

कम्पनीको व्यवस्थापनतर्फ नायव महाप्रबन्धक सुवोधलाल श्रेष्ठ, सहायक महाप्रबन्धक तथा कम्पनीसचिव राजु पौडेल र सहायक महाप्रबन्धक बजार विभाग अनिल गिरी रहेका छन् । कम्पनीले आगामी आवमा २० वटा सेवा खोलेर सेवा विस्तार गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया