थाई बालबालिकाले फाइनल हेर्न नपाउने - Naya Patrika
eNaya Patrika
  • ePaper

थाई बालबालिकाले फाइनल हेर्न नपाउने

फिफाले थाइल्यान्डको गुफाबाट निकालिएका बालबालिकाले विश्वकप फुटबल प्रतियोगिताकाको फाइनल हेर्न नपाउने जनाएको छ ।

यसअघि फिफाका अध्यक्ष जिआनी इन्फान्टिनीले ती बालबालिकालाई विशेष पाहुनाका रूपमा फाइनल खेल अवलोकन गराउने बताएका थिए । तर, अहिले फिफाले उनीहरूलाई फाइनल खेल हेर्नबाट वञ्चित गराउने भएकोे छ ।

फिफाका अध्यक्ष इन्फान्टिनोले स्वास्थ्यका कारण बालबालिकाले विश्वकपको फाइनल हेर्न नसक्ने स्पष्ट पारेका छन् ।

‘गुफाबाट जीवित निकालिएका स–साना फुटबल खेलाडीहरू विश्वकप हेर्न सक्ने अवस्थामा छैनन्, उनीहरूको स्वास्थ्यअवस्था नाजुक छ,’ इन्फान्टिनोले भने, ‘रसियासम्म लामो यात्रा गर्नुपर्छ, उनीहरूलाई आरामको आवश्यकता छ ।’

फिफा अध्यक्ष इन्फान्टिनोले भविष्यमा हुने कुनै पनि ठूलो फुटबल प्रतियोगितामा ती १२ बालबालिकालाई अवश्य खेल देखाउने वचन दिएका छन् । ‘आगामी दिनमा पनि ठूला फुटबल म्याच हुन्छन्, बालबालिकाले ती खेल अवलोकन गर्न सक्छन्,’ उनले भने ।

तपाईको प्रतिक्रिया