जो चम्किन सक्छन् - Naya Patrika
eNaya Patrika
  • ePaper

जो चम्किन सक्छन्

स्यामुअल उम्टिटी (फ्रान्स)
डिफेन्डर

फ्रान्सलाई विश्वकप फाइनलमा पु-याउने क्रममा निर्णायक गोल गरेका बार्सिलोनाका डिफेन्डर स्यामुअल उम्टिटी आइतबार हुने फाइनलका लागि पनि फ्रान्सका महत्वपूर्ण खेलाडी हुन् । २४ वर्षीय उम्टिटीले २४ खेलबाट ३ गोल गरेका छन् ।

उम्टिटीले निर्णायक गोल मात्र गरेनन् । बेल्जियमले गरेका निकै उत्कृष्ट प्रहारलाई पनि विफल पारे । २०१३ मा भएको यू–२० विश्वकपबाट फ्रेन्च टिममा उदाएका उम्टिटीले त्यसपछि पछि फर्किएर हेर्नुपरेको छैन ।

बार्सिलोनाका महत्वपूर्ण खेलाडी भएकाले उनी जिम्मेवारीपूर्वक खेल्न सक्ने खेलाडीमा पर्छन् । बार्सिलोनामा रहँदा टिमको उपाधि अभियानका महत्वपूर्ण सारथि रहेका उम्टिटी अब फ्रान्सको उपाधि अभियानमा कति खरो रूपमा उत्रिन सक्छन् त्यो भने अन्तिम एक खेलको प्रदर्शनले निर्धारण गर्नेछ ।

डिफेन्डरको भूमिकामा भए पनि उम्टिटीले मैदानको जुनसुकै भाग कभर गर्न सक्ने खेलाडीको छवि बनाएका छन् । सेन्टर ब्याकमा मात्र होइन, उम्टिटी लेफ्ट विङमा पनि उत्तिकै जम्न सक्ने खेलाडी भएकाले फ्रान्सले उनीमाथि निकै अपेक्षा राख्ने गरेको छ ।

उनी पहिलो रोजाइमा त्यसै परेका होइनन् । उनले देशलाई फाइनलसम्म पु-याउन ठूलो भूमिका निभाएका छन् ।

तपाईको प्रतिक्रिया