डेसच्याम्पले बिर्सन नसकेको युरो फाइनल - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

डेसच्याम्पले बिर्सन नसकेको युरो फाइनल

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पलाई मंगलबार बेल्जियमविरुद्धको खेलसम्म सेमिफाइनल जित्ने रणनीति बनाउन र खेलाडीलाई निर्देश गर्न भ्याइनभ्याइ थियो ।

तर, जब बेल्जियमलाई पराजित गर्न फ्रान्स सफल भयो, त्यसपछि पनि डेसच्याम्प खुसी छैनन् । कारण, युरो २०१६ को फाइनलमा पोर्चुगलसँग बेहोरेको हार उनको मनमस्तिष्कमा ताजै छ ।

उपाधिले मात्र मलम लगाउँछ
डेसच्याम्पले युरो जित्न नसकेको इतिहास बदल्ने अवसर आएको बताए । फाइनल पुगेपछि उत्साही रहेको फ्रान्सेली टिमलाई उनले २ वर्षअघिको युरो फाइनल सम्झाएका थिए । उनले युरोमा उपाधिविहीन हुनुपर्दाको पीडा अझै भुल्न नसकेको बताउँदै भने, ‘हामी उपाधि दाबेदार थियौँ, र जित्छौँ भन्ने अवस्थाबाट हार भोग्नुपरेको थियो । अब फेरि एकपटक उक्त घाउमा मलम लगाउने अवस्थामा हामी आएका छौँ । यसपटक कुनै पनि हालतमा मौका गुमाउनुहुन्न ।’

अतिरिक्त समयमा गुमेको उपाधि
डेसच्याम्पले उपाधिका लागि मैदानमा उत्रँदै गर्दा खेलाडीलाई थप जिम्मेवार हुनुपर्ने बताए । उनले बेल्जियमसँग अपेक्षित प्रदर्शन हुन नसकेको बताए । उनले भने, ‘बेल्जियम स्वाभाविक रूपमा लयमा थियो नै, तर हामीले प्रदर्शनमा मौकाहरू चुकायौँ, जुन विश्वकपको सेमिफाइनलका लागि ठूलो नोक्सानी हुन सक्थ्यो ।

तर, हामीले जतिवेला स्कोर निकाल्यौँ, त्यो समय हाम्रा लागि अविस्मरणीय रह्यो । किनकि, जितका लागि निर्धारित समयमै स्कोर गर्नु जरुरी थियो ।’

फाइनलमा निर्धारित समयमा गोल नभएपछि अतिरिक्त समयमा फ्रान्स पराजित भएको थियो । डेसच्याम्पले भने, ‘पोर्चुगलविरुद्धको त्यो फाइनलका हरेक अवस्थाबारे म अझै पनि नजिक छु ।

किनकि, त्यो फाइनल फ्रान्सका लागि कति महत्वपूर्ण थियो भन्ने मलाई अहिले पनि महसुस हुन्छ । हामीले अतिरिक्त समयमा भोगेको १ मात्र गोल नै युरोकप गुमाउन पर्याप्त थियो ।’

तपाईको प्रतिक्रिया