सर्वोच्चको आदेशपछि रिहाइ भएका नेकपाका नेता पुनः पक्राउ - Naya Patrika
eNaya Patrika
  • ePaper

सर्वोच्चको आदेशपछि रिहाइ भएका नेकपाका नेता पुनः पक्राउ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका नेताहरू रिहार्इ भए लगत्तै पुनः पक्राउ परेका छन् । रिहाइ भएका सात मध्ये दुर्इजना नेता पुनः पक्राउ परेका हुन् ।

गत १६ असारमा अन्य पार्टीका कार्यकर्ताहरु पार्टी प्रवेश गराउने कार्यक्रममा रहेकैबेला राजधानीकाे लाजिम्पाटबाट  ४० जना नेताकार्यकर्ता पक्राउ परेका थिए । उनीहरुमध्ये पूर्वमन्त्री पदम राई, पोलिटब्यूरो सदस्य भरत बम, स्थायी समिति सदस्य ओमप्रकाश पुन, केन्द्रीय सदस्य रणसिंह पुनमगर, काठमाडौँ सेक्रेटरी धिरेन्द्रा उपाध्याय, एकाराज राई, सिद्धान्त राई र केदार रार्इलार्इ प्रहरीले सार्वजनिक अपराधको मुद्दा दायर गरेको थियो । सर्वोच्चको आदेशअनुसार प्रहरीले उनीहरू सबैलार्इ बुधबार छाडेको थियो ।

तर  प्रहरीले सर्वाेच्च अदालतकाे अादेश अनुसार  रिहाइ भए लगत्तै नेताहरू पदम राई र केदार रार्इलार्इ प्रहरीले पुनः गिरफ्तार गरेकाे हाे । दुवैजनाले विष्फाेटक पदार्थ प्रयाेग गरेकाे अांशकामा अावश्यक अनुसन्धान गर्नुपर्ने भएकाले अदालतकाे अादेश अनुसार पक्राउ गरी सम्बन्धित जिल्ला पठाइएकाे काठमाडाैँस्थित बालाजु प्रहरी वृत्तका डिएसपी चिरञ्जीवी काेइरालाले जानकारी दिए । पदम रार्इलार्इ माेरङ र केदार रार्इलार्इ उदयपुर पठाएकाे पनि उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया