उपकुलपतिको विरोधमा पदाधिकारी, सरकारको कदम सही - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

उपकुलपतिको विरोधमा पदाधिकारी, सरकारको कदम सही

विश्वसंस्कृत सम्मेलनमा क्यानडा जान लागेका उपकुलपति डा. कुलप्रसाद कोइरालाका विरुद्ध संस्कृत विश्वविद्यालयका पदाधिकारी विरोधमा उत्रिएका छन् । दाङको घोराहीमा बुधबार पत्रकार सम्मेलन गर्दै उपकुलपति कोइरालाको विरोध गरेका हुन् ।

विश्विद्यालयका कर्मचारीले प्रधानमन्त्री तथा कुलपतिविरुद्ध दिँदै आएको अभिव्यक्तिले संस्कृत विश्विद्यालय बदनाम भएको भन्दै विरोद्ध गरेका हुन् । उनीहरुले कोइरालालाई क्यानडा जान रोक लगाएर उचित कदम चालेको बतााएका छन् ।

‘प्राज्ञिक मानिसले जर्बदस्ती गर्न खोज्नु अशोभनिय काम हो ।’ शिक्षा अध्यक्ष रमेश ढकालले भने ‘नियम विपरित विदेश भ्रमणमा जानेलाई सरकारले रोक्नु उचित कदमका रुपमा लिएको छु ।’ नेपाल संस्कृत विश्वविद्यालयको आर्थिक प्रशासन नियमावली २०६७ को परिच्छेद २१ को नियम ९४ को उपनियम ४ ‘ज’ बमोजिम कर्मचारीले विदेश भ्रमण गर्नु परे कुलपतिबाट स्विकृति लिनु पर्ने व्यवस्था भएको ढकालले बताए ।

नेपाल संस्कृत विश्वविद्यालयमा नियुक्त भएदेखि नै उपकुलपति कोइरालाले नियमविपरित काम गर्दै आएको पदाधिकारीले बताउँदै आएका छन् । जसले गर्दा विश्विद्यालयमा समस्या सृजना भएको उनीहरुको भनाई रहँदै आएको छ ।

तपाईको प्रतिक्रिया