मन्त्री बुढाले सुरू गरे वृक्षारोपण अभियान - Naya Patrika
eNaya Patrika
  • ePaper

मन्त्री बुढाले सुरू गरे वृक्षारोपण अभियान

कर्णाली प्रदेश सरकारका पर्यटन, वन वातावरण तथा उद्यो मन्त्री नन्दसिंह बुढाले वृक्षारोपण अभियान सुरु गरेका छन् ।

गृह जिल्ला डोल्पामा रहेको नाङ्गा डाँडाहरु हरियाली बनाउने उद्देश्यसहित त्रिपुरा सुन्दरी मन्दिरमा श्रीखण्डको बिरुवा रोपेर अभियान सुरुवात गरेका हुन् ।

हरियाली अभियान उद्घाटनसहित डोल्पामा भईरहेका विकास निर्माणका कार्यक्रमहरुको अनुगमन तथा मन्त्रालयले आगामी आर्थिक वर्षमामा सुरु गर्ने विकास निर्माणका कार्यक्रमहरुको सम्भाव्यता समेतको अध्ययन गर्न मन्त्री बुढा डोल्पा पुगेको स्वकीय सचिव डम्मर बुढाले जानकारी दिए ।

खाली जमिन उपयोग गरेर हराभरा वातावरण बनाउनुका साथै जनताको आयस्तर बढाउने खालका बोट बिरुवा रोप्न प्रोत्साहन गर्ने प्रदेश सरकारको नीति रहेको बुढाले बताए ।

तपाईको प्रतिक्रिया