सर्प आतङ्क व्यापक, पछिल्लो समयमा ९ जनाको मृत्यु - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

सर्प आतङ्क व्यापक, पछिल्लो समयमा ९ जनाको मृत्यु

वर्षा सुरु भएसँगै कैलालीमा सर्पदंशका बिरामी बढेका छन् । यस वर्षमा मात्रै सर्पले टोकेका नौँ जनाको मृत्यु भएको छ । तीन सर्पदंश उपचार केन्द्रमा तीन महिनाको अवधिमा दुई सय ६७ जना भर्ना भएका थिए ।

पछिल्लो तीन महिनामा सर्पले टोकेको एक सय ३५ जना उपचारका लागि सर्पदंश केन्द्रमा भर्ना भएको टीकापुर अस्पतालका डाक्टर नरेन्द्र खनालले जानकारी दिए । यीमध्ये विशालु सर्पले टोकेको संख्या १५ जना रहेको उनले बताए ।

वर्षा सुरु भएसँगै दैनिक तीन जनासम्म सर्पदंशका विरामी उपचारका लागि आउने गरेका सेती अञ्चल अस्पतालको आकस्मिक कक्षका इन्चार्ज कृष्णबहादुर बोहराले जानकारी दिए । उनी भन्छन्, ‘सर्पले टोकेपछि ढिलो अस्पताल आए उपचारमा समस्या हुन्छ ।’

तपाईको प्रतिक्रिया