नेविसंघको असन्तुष्ट पक्षद्वारा महाधिवेशन घोषणा - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

नेविसंघको असन्तुष्ट पक्षद्वारा महाधिवेशन घोषणा

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको कार्यसम्पादनबाट असन्तुष्ट बनेका बहुमत पदाधिकारीहरुले बुधबार संगठनको १२ औं महाधिवेशनको मिती घोषणा गरेका छन् ।

उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा सोमबार र मंगलबार काठमाडौंको बाल्मीकी विद्यापिठमा बसेको केन्द्रिय समिति बैठकले २३ देखि २५ साउनसम्म कीर्तिपुरमा १२ औं महाधिवेशन गर्ने निर्णय गरेको हो । अध्यक्ष महरले संघठनलाई विधिवत तरिकाले नचलाई एकलौटी ढंगबाट चलाएको र केन्द्रिय समितिको मिति सकिन केहि समय मात्र बाँकी रहँदासम्म महाधिवेशनको मिति घोषणा नगरेकाले बाध्य भएर मिति घोषणा गरेको कोषाध्यक्ष शिव रिमालले जानकारी दिए ।

एक सय २९ सदस्यीय निर्वाचित समितिको दुई तिहाई बढि ८७ जनाको उपस्थितिमा बसेको बैठकले १२ औं महाधिवेशनको मिति घोषणा गरेको कोषाध्यक्ष रिमालले बताए । अहिले नेविसंघको केन्द्रिय समितिमा एक सय २९ निर्वाचित र २२ मनोनित गरी एक सय ५१ सदस्य छन् । महाधिवेशन घोषणा गर्ने समूहमा एक सय ५१ सदस्यीय समितिको पनि बहुमत छ ।

समूहले आज पत्रकार सम्मेलन गरी उपाध्यक्ष रामप्रसाद अधिकारीको आयोजकत्वमा एक हजार एक सदस्यीय महाधिवेशन आयोजक समिति समेत गठन गरेको जानकारी दिएको छ । बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न १३ उपसमितिहरु गठन कोषाध्यक्ष रिमालले बताए ।

उपाध्यक्ष प्रकाश राना, नविन राई, डिल्लीराम सुवेदी, रामप्रसाद अधिकारी र महामन्त्री कुन्दनराज काफ्लेद्वारा हस्ताक्षरित पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा ९ देखि २२ साउनसम्मको महाधिवेशनको कार्यतालिका पनि सार्वजनिक गरिएको छ । विज्ञप्तिमा नगरपालिका, गाँउपालिका, प्रदेश, विश्वविद्यालय, जिल्ला अधिवेसन, प्रदेश अधिवेसन साउनको १८ अघि सक्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया