पानी ट्यांकीमा पेट्रोल संकलन, त्रिवेणी आयल स्टोर शिलबन्दी - Naya Patrika
eNaya Patrika
  • ePaper

पानी ट्यांकीमा पेट्रोल संकलन, त्रिवेणी आयल स्टोर शिलबन्दी

पश्चिम नवलपरासीको गोपीगंजस्थित त्रिवेणी आयल स्टोर शिलबन्दी गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको केन्द्रिय अनुगमन टोलीले सो आयल स्टोर शिलबन्दी गरेको हो । कालो बजारी गर्ने उद्धेश्यले एक हजार लिटरका ११ वटा कालो पानी ट्यांकीमा पेट्रोल, डिजेल राखिएको पाईएपछि शिलबन्दी गरिएको अनुगमन टोलीका प्रमुख ढुंडेराज पोखरेलले जानकारी दिए ।

लालबहादुर यादवले सञ्चालन गरेको आयल स्टोरको तीन वटा पेट्रोल र तीन वटा डिजेलको नोजल शिल गरिएको हो । उक्त पेट्रोल पम्पको १६ हजार, १२ हजार र १० हजार लिटरको डिजेलको लागि अण्डर रिजर्भ ट्यांकी र १२ हजार लिटरको पेट्रोलको लागि रिजर्भ ट्यांकी रहेको छ ।

हप्तामा २४ हजार लिटर डिजेल र ८ हजार लिटर पेट्रोल सो आयल स्टोरबाट वितरण हुने गरेको छ । रिजर्भ ट्यांकीमा पनि ढक्कन नलगाई जोखिमपूर्ण ढंगले राखिएको थियो । सञ्चालक यादवले भने वर्षातको समयमा तेल सुरक्षित राख्नको लागि आफूले कालो ट्यांकीमा रिजर्भ राखेको बताएका छन् ।

तपाईको प्रतिक्रिया