निरन्तर घट्दै नेप्से, कारोबार रकम बढ्यो - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

निरन्तर घट्दै नेप्से, कारोबार रकम बढ्यो

बुधबार सामान्य अंकले नेप्से घटेको छ । केही दिनदेखि निरन्तर घटिरहेको नेप्से आज शुन्य दशमलव २९ अंक घटेर परिसूचक १२०५ दशमलव ६४ बिन्दुमा कायम भएको छ ।

एक सय ७१ कम्पनीको १२ लाख ५९ हजार आठ सय ४१ कित्ता सेयर चार हजार सात सय २६ पटक खरिदबिक्री भएको छ । जसबाट नेप्से बजारमा ४७ करोड ६१ लाख ६६ हजार ८९ रुपैंया परिचालन भएको छ । अघिल्लो दिनको तुलनामा कारोबारमा भने वृद्धि भएकोे छ । मंगलबार २८ करोड मात्र कारोबार भएको थियो ।

आज बैंकिङ,होटल र उत्पानमूलक समूहबाहेक सबैमा परिसूचक बढेको छ । बैंकिङ एक दशमलव ८८, होटल ८६ दशमलव ४२ र उत्पादनमूलक समूह शुन्य दशमलव ४७ अंक परिसूचक घटेको छ । विकास बैंक तीन दशमलव ०४, हाइड्रोपावर दुई दशमलव ७, फाइनान्स शुन्य दशमलव ५३, इन्स्योरेन्स शुन्य दशमलव ८, अन्य शुन्य दशमलव ६५ र माइक्रोफाइनान्स २८ दशमलव ४५ अंक परिसूचक बढेको छ ।

प्राइम लाइफ इन्स्योरेन्सको १० करोडको कारोबार
आज सबै भन्दा बढी प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (संस्थापक सेयर)ले १० करोड भन्दा बढी कारोबार गरेको छ । त्यसै गरी नेपाल टेलिकमले चार करोड ७९ लाख, स्वरोजगार लघुवित्त विकास बैंकले एक कराड ८७ लाख, ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले एक करोड ४१ लाख, कृषि विकास बैंकले एक करोड २५ लाख र कुमारी बैंकले एक करोड १४ लाखको कारोबार गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु