भानुजयन्तीमा अभिनयात्मक कविता वाचन - Naya Patrika
eNaya Patrika
  • ePaper

भानुजयन्तीमा अभिनयात्मक कविता वाचन

२०५औँ भानुजयन्तीका अवसरमा लिटिल एन्जल्स स्कुलमा अभिनयात्मक कविता वाचन प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका १८ विद्यालयको सहभागिता थियो ।

कवि, चलचित्रकर्मी तथा निर्देशक राजेन्द्र शलभ, प्रकाश सायमी तथा गीता त्रिपाठी निर्णायक रहेको प्रतियोगितामा जेम्स स्कुलकी पुष्पिका थापा प्रथम भइन् । ब्राइट फ्युचर मावि, सातदोबाटोका प्रशान्त हुमागाईं द्वितीय भए भने तृतीय स्थान एसएबी पब्लिक स्कुलले हासिल गरेको थियो । आइडियल मोडल स्कुल र आदर्श विद्या मन्दिरले सान्त्वना स्थान प्राप्त गरे ।

सांसद उमेश श्रेष्ठको आतिथ्यता तथा भानु प्रतिष्ठानका अध्यक्ष व्रतराज आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा लिटिल एन्जल्स स्कुलले अप्रतियोगी अभिनयात्मक कविता वाचन गरेको थियो । प्रथम हुने छात्राले नगद सात हजार र प्रमाणपत्र, द्वितीयले पाँच हजार र प्रमाणपत्र प्राप्त गरेका थिए भने तृतीयले तीन हजार तथा सान्त्वना स्थान हासिल गर्ने दुई विद्यालयले क्रमशः दुई–दुई हजार पुरस्कार प्राप्त गरेका थिए ।

 

तपाईको प्रतिक्रिया