साली कसको भेनाको ट्रेलर - Naya Patrika
eNaya Patrika
  • ePaper

साली कसको भेनाको ट्रेलर

 कमेडी फिल्म ‘साली कसको भेनाको’ को ट्रेलर सार्वजनिक गरिएको छ । भदौ २९ गते प्रदर्शन हुने फिल्मलाई भद्र भुजेलले निर्देशन गरेका हुन् । सन्तान, कान्छी र कर्जा फिल्म निर्माण गरेका प्रसाद श्रेष्ठको प्रस्तुति रहेको फिल्ममा विल्सनविक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिस्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, पुष्प आचार्यलगायतले अभिनय गरेका छन् । प्रस्तुतकर्ता प्रसादले लामो अन्तरालपछि फिल्म निर्माण तथा संगीतमा ‘कमब्याक’ गरेका हुन् ।


समसामयिक समाजिक कथामा निर्माण गरिएको फिल्मको निर्मातामा रामप्रसाद श्रेष्ठ, सुशीलगोपाल न्याछ्यो, काजीमान श्रेष्ठ विशाल, कमला भट्टराई र मुक्ति अधिकारी छन् । पुष्प आचार्यको लेखन रहेको फिल्मको गीतमा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मीन घलानको संगीत छ ।

तपाईको प्रतिक्रिया