भदौ ८ मा नाइँ नभन्नु ल–५ - Naya Patrika
eNaya Patrika
  • ePaper

भदौ ८ मा नाइँ नभन्नु ल–५

विकास आचार्यको निर्माण र निर्देशनमा बनेको फिल्म नाइँ नभन्नु ल–५ फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । भदौ ८ गते रिलिज हुने फिल्मको मंगलबार राजधानीमा ट्रेलर देखाइएको हो ।


वान टाइम सिनेमाको ब्यानरमा निर्मित फिल्ममा दिलीप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, बालकलाकारद्वय अनुभव रेग्मी, सेड्रिना शर्मा, बुद्धि तामाङ, उत्तम केसी, अभिषेक नेपालगायतले अभिनय गरेका छन् ।

पुरुषोत्तम प्रधानले खिचेको फिल्मको स्क्रिप्ट निर्देशक आचार्य र सामीप्यराज तिमिल्सिनाले लेखेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा वसन्त सापकोटाको संगीत छ । यसअघिका चारै सिक्वेल हिट भएकाले पाँचौँ सिक्वेल अझै ‘ब्लास्ट’ हुने दाबी निर्देशक विकासको छ ।

तपाईको प्रतिक्रिया