डब्लुटिओको पक्षमा उभिएको चीन - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

डब्लुटिओको पक्षमा उभिएको चीन

गत जुनको अन्त्यमा चिनियाँ सरकारले विश्व व्यापार संगठन (डब्लुटिओ) को सम्बन्धमा श्वेतपत्र जारी ग-यो । विश्व व्यापार व्यवस्था संकटउन्मुख भइरहेको सन्दर्भमा चीनले श्वेतपत्र जारी गरेको छ । यसकारण यस श्वेतपत्रले वर्तमान स्थितिमा विशेष अर्थ राखेको छ । श्वेतपत्रले दुईवटा मुद्दामा चीनको स्पष्ट अडानलाई चित्रित गरेको छ ।

पहिलो, चीनले डब्लुटिओलाई निरन्तर सहयोगको प्रतिबद्धता जारी राखेको छ । दोस्रो, डब्लुटिओको प्रणाली इमानदार तथा सहयोगी भएको प्रमाण चीनले तथ्यांकबाट दिएको छ । चीनले आफ्ना डब्लुटिओप्रतिको जिम्मेवारी पनि पूरा गरेको छ ।

चीनले १४ वर्षसम्मको अथाह प्रयासपछि सन् २००४ मा डब्लुटिओको सदस्यता पायो । सदस्य राष्ट्रबीच भएको व्यापक बहसपछि चीनलाई सदस्यका रूपमा स्वीकार गरियो । डब्लुटिओसँग चीन जोडिँदै गर्दा देशबाहिर र देशभित्रै पनि धेरै टीकाटिप्पणी भएका थिए । बाहिरी प्रतिस्पर्धाले चीनको आन्तरिक सुधारमा मद्दत पुग्ने विश्वास तत्कालीन चिनियाँ नेतृत्वले ग-यो ।

 

बहुराष्ट्रिय कम्पनीको प्रवेश तथा लगानीले देशलाई लाभ पुग्ने विश्वास उनीहरूको थियो । संगठनको सदस्यताका लागि चीनमाथि धेरै महत्वाकांक्षी सर्त तेस्र्याइएका थिए । यसर्थ, यस्ता प्रतिबद्धता पूरा गर्न चीनलाई निकै कठिन हुने अवस्था थियो । त्यसताका चीनको व्यापारप्रति शंकाको दृष्टिले हेर्नेको कमी थिएन । चीनले सर्त तथा प्रतिबद्धता पूरा गर्न सक्दैन भन्ने धेरै बाहिरी शक्तिलाई लागेको थियो ।

तर, पछिल्ला वर्षमा चीनले समयमै सबै प्रतिबद्धता पूरा गर्दै गयो । श्वेतपत्रमा उल्लेख भएझैँ चीनले कर योजनामा परिवर्तन ग-यो र प्रतिबद्धता जाहेर गरेका क्षेत्रलाई खुला गर्दै लग्यो । साथै, अन्य डब्लुटिओ सदस्यले जस्तै घरेलु नियम चीनमा पनि लागू ग-यो । यसरी, चीनले डब्लुटिओले तोकेका व्यवस्थाको घेरामा आफूलाई राख्यो । यसैको परिणामले आज विश्व अर्थतन्त्रमा चीन उदाएको छ ।

विश्व अर्थतन्त्रमा चीनको उपस्थिति अहिले सहज देखिएको छ । यही कारण डब्लुटिओप्रति चीन सहयोगी र इमानदार देखिएको छ । डब्लुटिओको हिस्सा बनेपछि चीनको कुल गार्हस्थ उत्पादनमा पनि व्यापाक वृद्धि भयो । पछिल्लो दशकमा भएको आर्थिक क्रान्तिले चीन आजको स्थितिमा आएको हो ।

अमेरिका डब्लुटिओप्रतिका आफ्ना प्रतिबद्धताबाट पछि हटिरहेको समयमा चीनले डब्लुटिओ प्रणाली जोगाउन अडान लिनुपर्ने अवस्था आएको छ

तर, एकताका डब्लुटिओ व्यवस्थाको वकालत तथा रक्षा गर्ने अमेरिका जिम्मेवारीबाट पन्छिरहेको छ । यस्तोमा चीनले डब्लुटिओ प्रणाली तथा यसका व्यवस्था संरक्षणका लागि अडान लिनुपर्ने अवस्था आएको छ ।

विगतका वर्षमा डब्लुटिओबाट समेत अमेरिका अलग्गिने धम्की ट्रम्पले दिएका थिए । डब्लुटिओको व्यवस्थाअनुरूप नै चल्दा पनि चीन, युरोप तथा अन्य मुलुकले अमेरिकासँग ठूलो आकारमा व्यापार गरेको र घाटा व्यहोर्नुपरेको भन्दै हाल विदेशबाट आयात हुने विभिन्न सामग्रीमा अमेरिकाले कर लगाएको छ । पछिल्लोपटक बेइजिङले दिने प्रतिक्रियाका आधारमा थप कर लगाउने तयारीमा अमेरिका छ ।

(लेखक लन्डनको किंग्स कलेजमातहतको लाउ चाइना इन्स्टिच्युटका निर्देशक हुन्)
ग्लोबल टाइम्सबाट

 

तपाईको प्रतिक्रिया