झिनो अंकले घट्यो नेप्से, कारोबारमा भारी गिरावट - Naya Patrika
eNaya Patrika
  • ePaper

झिनो अंकले घट्यो नेप्से, कारोबारमा भारी गिरावट

मंगलबार नेप्से झिनो अंकले घटेको छ । शुन्य दशमलव पाँच अंक घटेर परिसूचक १२०५ दशमलव ९३ बिन्दुमा झरेको छ । अघिल्लो दिन नेप्से परिसूचक १८ अंक घटेको थियो । कारोबारमा भने भारी गिरावट आएको छ ।

आज एक सय ६० कम्पनीका आठ लाख ७६ हजार ६ सय ११ कित्ता सेयर चार हजार चार सय ९३ पटक खरिदबिक्री भएको छ । जसबाट नेप्से बजारमा २८ करोड ७९ लाख ७४ हजार चार सय ३१ रुपैंया परिचालन भएको छ । अघिल्लो दिन ४१ करोड कारोबार भएको थियो ।

आज बैंकिङ, फाइनान्स र इन्स्योरेन्स बाहेक अन्य सबै समूहको परिसूचक घटेको छ । होटल एक दशमलव ४१, विकास बैंक शुन्य दशमलव ४७, हाइड्रोपावर दुई दशमलव १५, उत्पादनमूलक ७० दशमलव ५२, अन्य समूह एक दशमलव ९९ र माइक्रोफाइनान्स शुन्य दशमलव ०३ अंक परिसूचक घटेको छ । उता बैंकिङ एक दशमलव ४५, फाइनान्स शुन्य दशमलव ०७ र इन्स्योरेन्स पाँच दशमलव तीन अंक परिसूचक बढेको छ ।

आज सबै भन्दा बढी कृषि विकास बैंकले एक करोड ४८ लाखको कारोबार गरेको छ । त्यसै नेपाल टेलिकमकले एक करोड १६ लाखको कारोबार गरेको छ ।

तपाईको प्रतिक्रिया