डा. केसीकाे समर्थनमा जुम्लामा महिलाले निकाले र्‍याली [फोटोफिचर] - Naya Patrika
eNaya Patrika
  • ePaper

डा. केसीकाे समर्थनमा जुम्लामा महिलाले निकाले र्‍याली [फोटोफिचर]

अनशनरत डा. गोविन्द केसीको समर्थनमा जुम्लामा महिलाहरुले र्‍याली निकालेका छन् । केसीको समर्थत तथा राज्यलाई दवाब दिन जिल्लाको खलङ्गा बजारमा मंगलबार महिलाहरुले ¥याली निकालेका हुन् ।

र्‍यालीमा स्थानीय स्वतन्त्र महिलाका सहभागी थिए । साथै विवेकशिल साझाका महिलाहरु पनि र्‍यालीमा सहभागी थिए । खलङ्गामा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

डा. केसीका माग जायज भएकाले राज्यले सम्बोधन गर्नुपर्ने र्‍यालीकी अगुवा महिला माया रावलले बताइन् । ‘डा. केसी प्रतिष्ठानमा छट्पटिरहेका छन् ।’ उनले बताइन्, ‘११ दिनसम्म राज्यले कुनै चासो नदेखाएकाले राज्यलाई दवाब दिन हामीले र्‍यालीसहितको आन्दोलन गर्नुपरेको हो ।’

तपाईको प्रतिक्रिया