नक्कली सेयर कारोवार गर्नेलाई १० लाखसम्म जरिवाना - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

नक्कली सेयर कारोवार गर्नेलाई १० लाखसम्म जरिवाना

सरकारले नक्कली सेयर कारोवार गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले नक्कली सेयर कारोबारमा संलग्नलाई १० लाखसम्म जरिवाना लिने व्यवस्था गरेको हो ।

बोर्डले सोमबार आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उत्पादनमूलक क्षेत्रमा सेयर कारोबार बढोत्तरी गराउन नीतिगत तथा संरचनागत व्यवस्था गर्ने जानकारी पनि गराएको छ । बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले नक्कली सेयर कारोबार गर्नेहरुमाथि कडा कार्वाही हुने गरी नीति तथा कार्यक्रम तय गरिएको बताए ।

बोर्डले धितोपत्र बजारमा व्यापक जनसहभागिता बढाउन ‘एक नेपाली एक डिम्याट खाता’ अभियान संचालन गर्ने योजना पनि बनाएको छ । त्यसैगरी सबै स्थानीय तहमा पूँजी बजारमा लगानी बढाउन आवश्यक व्यवस्थाका लागि अध्ययन गर्ने लगायतका नीति तथा कार्यक्रम पनि तय गरेको छ । अध्यक्ष कार्कीले धितो बजारलाई व्यवस्थित बनाउन आवश्यक संरचना बनाउने योजना पनि तय गरिएको बताए ।

तपाईको प्रतिक्रिया