साउदी जेलमा रहेका दिलबहादुरको लागि युएईबाट आर्थिक सहयोग - Naya Patrika
eNaya Patrika
  • ePaper

साउदी जेलमा रहेका दिलबहादुरको लागि युएईबाट आर्थिक सहयोग

साउदी अरबको जेलमा रहेका रोल्पा धवाङका दिलबहादुर घर्तीको उद्धारका लागि अन्तराष्ट्रिय रोल्पाली सेवा समाज युएईले ५ लाख ६३ हजार ५६ नेपाली रुपैयाँ सहयोग संकलन गरेको छ ।

दिलबहादुर बचाउ अभियानका आर्थिक संयोजक दिलाराम ओलीले शुक्रबार बरदुबईमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन । उनले संकलित रकम छिट्टै नेपाल पठाउने जानकारी पनि गराए ।

साउदी अरबमा दिलबहादुर घर्तीले चलाएको ट्रकको ठक्करले साउदी नागरिकको ज्यान गएपछि उनले ब्लडमनी स्वरुप २ लाख २५ हजार साउदी रियल (करिब ६५ लाख नेपाली रुपैयाँ) तिर्नु पर्ने त्यहाँको उच्च अदालतले फैसला गरेको थियो । विश्वभरी रहेका नेपालीहरु, विभिन्न संघसंस्थाहरुमार्फत विभिन्न देशहरुमा चलाएको दिलबहादुर बचाउ अभियानको आवश्यक रकम लगभग संकलन भएको भन्दै दिलबहादुर बचाउ अभियान युएईले अर्थिक सहयोग संकलन अभियान बन्द भएको घोषणा पनि गरेको छ ।

बैदेशिक रोजगारीको लागि करिब ३ बर्ष पहिले साउदी पुगेका दिलबहादुर त्यहाँ स्थित ‘माजिद अल दियावाही कन्स्ट्रक्सन इस्ट रियाद’ कम्पनीमा नेपालबाट स्काभेटर चालकको भिषामा गएका थिए । तर कम्पनीले मालबाहक ट्रक चलाउने जिम्मेवारी दिएपछि उनले ट्रक चलाउने काम गरेका थिए ।उक्त दुर्घटना पश्चात अदालतले उनको ७५ प्रतिशत गल्ती देखाउँदै ब्लडमनी र जेल सजाय तोकेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु