नरेन्द्र श्रेष्ठको फोटो ‘फोटो अफ दि इयर’ [फाेटाेफिचर] - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

नरेन्द्र श्रेष्ठको फोटो ‘फोटो अफ दि इयर’ [फाेटाेफिचर]

फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् । श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाँउमा बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदिमा बगाउँदै गरेको फोटो यो वर्षको आइएमई-ग्लोबल-आइएमई फोटो अफ द इयर घोषित भएको छ । क्लबले विभिन्न सात विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान गरेको छ ।

‘आईएमएस डेली लाइफ’ विधामा सुनिता डङ्गोलले बाजी मारिन् । त्यस्तै दुर्गा राना मगरको फोटो दोस्रो तथा केशव थापाको फोटो तेस्रो भयो । त्यस्तै अंगद ढकालले अर्घाखाँची सिमेन्ट न्युज विधाको उपाधि जितेका छन् । यस विधामा संजोग मानन्धरको फोटो दोस्रो तथा स्कन्द गौतम तेस्रो भए ।

त्यसै गरी नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफमा श्रीराम खत्रीले प्रथम स्थान हासिल गरे । यस विधामा उम्मिद शाक्यको फोटो उपविजेता बन्दा हेमन्त श्रेष्ठको फोटो तेस्रो भयो । ह्यास एक्सपेरियन्स नेपाल कल्चर एण्ड टुरिजममा किरण श्रेष्ठले उपाधि हात पारे । जहाँ दिनेश श्रेष्ठको फोटो उपविजेता तथा अजय मानन्धरको फोटो तेस्रो भयो ।

त्यस्तै डिसहोम एक्सन स्पोर्टस विधाको उपाधि प्रतिक रायमाझीले जिते भने रविक उपाध्यायको फोटो दोस्रो तथा उज्वल चन्द्र बुद्धाचार्यको फोटो तेस्रो भयो । ‘नेप्टोस फोटो स्टोरी’मा मनिष पौडेलको तस्बिरले प्रथम स्थान हासिल गर्यो । त्यस्तै हेमन्त श्रेष्ठ कैे फोटो उपविजेता तथा नरेन्द्र श्रेष्ठको फोटोहरु तेस्रो भयो ।
यसैगरी दिपेन्द्र रोक्काको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जितेको छ भन नरेन्द्र श्रेष्ठको फोटो दोस्रो तथा सुरज श्रेष्ठको फोटो तेस्रो भएको छ ।

निर्णायकमा नेपाल, भारत र फ्रान्सका फोटोपत्रकार
वल्र्डं प्रेस फोटोका निर्णायक मण्डलका सदस्य रहिसकेका भारतका वरिष्ठ फोटोपत्रकार पाब्लो बारथोलोमिओको अध्यक्षता रहेको निर्णायक मण्डलमा बरिष्ठ पत्रकार तथा बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतिक प्रधान, बरिष्ठ फोटोपत्रकार एवम् क्लबका संस्थापक अध्यक्ष तथा सदृश्य डटकमका फोटो सम्पादक चन्द्रशेखर कार्की, बरिष्ठ फोटोग्राफर मणी लामा, काठमाण्डौ विश्वविद्यालय स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र एजेन्सी फ्रान्स प्रेस (एएफपी) का फोटोपत्रकार एवम् क्लबका निवर्तमान अध्यक्ष प्रकास माथेमा रहेका थिए ।

‘आइएमई–ग्वोबल–आइएमई बैंक फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपैया पुरस्कार प्राप्त गरेकाछन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्राप्त गरेकाछन् । काठमाडौंमा यही साउन १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिने फोटो पत्रकार क्लबले जनाएको छ । क्लबका अनुसार त्यसपछि काठमाडौं बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ ।

प्रतिस्पर्धामा कुन विधामा कति फोटो ?
नेपाल फोटो प्रतियोगिता २०७५ मा समावेश सात विधाअन्तर्गत ‘आइएमएस डेली लाईफ’ मा १ हजार १ सय ५३, कल्चर तथा टुरिजम’ मा १ हजार ५७, ‘नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ’ मा १ हजार १८, ‘अर्घाखाची सिमेन्ट न्यूज फोटो’ मा ४ सय १६, ‘डिसहोम एक्शन स्पोर्टस’ मा ३ सय ६२, ‘शिखर इन्स्योरेन्स नेपाल स्माईल’ मा १ हजार १० र ‘नेप्टोस फोटो स्टोरी’ मा ५२ वटा फोटोकथाको ५ सय २० फोटा प्रतिस्पर्धामा छन् ।

फोटो प्रतियोगिताका निर्णायक मण्डलका एक सदस्य तथा बाह्रखरी डटकमका प्रधानसम्पादक प्रतीक प्रधानले गुणस्तरीय, कलात्मक र राम्रो कम्पोजिसन लगायतका फोटोको अन्य पाटोहरुलाई हेरर उत्कृष्ट फोटोहरु छानिएको बताए । मुख्य जज पाब्लो बाथर््लोमेले पिजे क्लवले गरेको यो प्रतियोगिता दक्षिण एसियामा नै उत्कृष्ट भएको बताएका छन् । दक्षिण एसियाका अन्य देशरुले यस्तो प्रतियोगिता नगरेको उनको भनाई थियो । उनले वल्र्ड प्रेस फोटो अफ दि इयर १९९५ मा जितेका थिए ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले फोटो आफैंमा जीवन भएकोले यसको महत्व दिनदिनै बढिरहेको बताए ।

पुरस्कार रकम सदा र थपलिया परिवारलाई दिने
यसैगरी यस वर्षको फोटो अफ दि इयरको विजेता नरेन्द्र श्रेष्ठले आफूले जिते वापत पाएको रकम कमल सदा र यादव थपलियाको परिवारलाई दिने बताए । उनले सदाको परिवारलाई ७० हजार र थपलियाको परिवारलाई ३० हजार रुपैयाँ दिने बताए । उनले फोटो जिते वापत १ लाख रुपैयाँ नगद पाएका छन् ।

सहभागिताले उत्साह थपेको छ : अध्यक्ष कार्की
क्लवका अध्यक्ष विकास कार्कीले यसपटकको सफलताले आगामि दिनमा यस्तै प्रतियोगिता गर्न उत्साह थपेको बताए । उनले प्रतियोगिताको दौरानमा केही त्रुटी भएपनि यस्ता त्रुटीलाई आगामी दिनमा सच्याउँदै झन् उत्कृष्ट प्रतियोगिता गर्ने बताए । ‘छैटौं संस्करणसम्म आउँदा सहभागीहरुको सहभागीताले हामीलाई हौस्याएको छ ।’ उनले भने, ‘यस्ता प्रतियोगिता आगामी दिनमा पिजे क्लवले गर्दै जानेछ ।’

प्रतियोगितामा नेपाल पर्यटन बोर्डको सहकार्य, आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन रहेको थियो । यस प्रतियोगितालाई आईएमएस, अर्घाखाँची सिमेन्ट, शिखर इन्स्योरेन्स, डिसहोम र नेप्टोसले विधागत प्रायोजक गरेका थिए । साहस स्पोर्टस, विपी कोइराला भारत–नेपाल प्रतिष्ठान, सिटी एक्सप्रेस, सियाट टायर, एडभेन्चर स्पोर्टस, भाएनेट, राष्ट्रिय खेलकुद परिषदलगायतका संस्थाहरुले सहयोगि भुमिका निर्वाह गरेका छन् ।

 

तपाईको प्रतिक्रिया