सवारी दुर्घटना न्युनिकरण गर्न प्रहरीकाे लगायाे यस्ताे उपाए (फोटोफिचर) - Naya Patrika
eNaya Patrika
  • ePaper

सवारी दुर्घटना न्युनिकरण गर्न प्रहरीकाे लगायाे यस्ताे उपाए (फोटोफिचर)

सवारी दुर्घटना न्यनिकरण गर्न विभिन्न कार्यक्रम संचालन गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सचेतना मुलक ट्राफिक बोर्ड राख्ने कामलाई अगाडि बढाएको छ ।

पूर्वी नवलपरासी अन्र्तगत पर्ने पुर्वपश्चिम रार्जमागमा सचेतनामलक र दुर्घटनाको साङकेतिक अर्थ राख्ने बिग्रीएको र कुच्चिएको मोटरसाइकल राखेर चालकलाई सचेत गराइएको छ । जिल्लाको बढि दुर्घटना हुने क्षेत्रमा पोल गाडेर एकै रङ्गका मोटरसाइकल झुन्डाएर राखिएको छ । विशेष गरी बढी दुर्घटना हुर्ने दाउन्ने क्षेत्र र बढी जंगल भएको रार्जमाग क्षेत्रमा यस्तो चेतावनीमुलक चिन्ह राखिएको छ ।

दाउन्ने , अरुणखोला चोरमारा क्षेत्रका जंगल गरि अहिले चार स्थानमा यसरी साङ्केतिक चिन्ह राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका प्रमुख लक्ष्मण बहादुर शाहिले जानकारी दिए ।

जहा बढि दुर्घटना हुन्छ ती स्थानमा बिग्रीएको र कुच्चिएको मोटरसाईकल राखेर सवारी चालकलाई दुर्घटनाबाट जोगिन सचेत गराउने उदेश्यले साङ्केतिक चिन्ह राखिएको शाहीले बताए । ‘हामिले राखेको चिन्हमा चालकको नजर परेपछि त्यसले एक पटक सोच्न बाध्य हुन्छ सहि तरीकाले सवारी नचलाए दुर्घटनामा पर्न सक्निछ भनेर ’ शाहिले भने ।

नवलपरासी पूर्व जिल्ला प्रदेश नम्बर चार कै सबैभन्दा बढी दुर्घटना हुने जिल्ला हो । दाउन्ने क्षेत्रको १४ किलोमिटरको दुरीमा सबैभन्दा बढि दुर्घटना हुने गर्दछ । त्यसपछि दुम्किवास , चोरमारा , अरुणखोला र कावासोतीको खरकट्टा र गैडाकोटको जंगल क्षेत्रमा बढि दुर्घटना हुने गरेको शाहिको भनाइ छ ।  चालु आर्थिक वर्षको जेठ मसान्त सम्म मात्रै नवलपुरमा एक सय २ दुर्घटनामा ५८ जनाको मृत्यु भएको छ भने १ सय ५० जना घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया