बैदेशिक रोजगारीबाट फर्किएकाहरुको राष्ट्रिय भेला काठमाडौंमा हुँदै - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

बैदेशिक रोजगारीबाट फर्किएकाहरुको राष्ट्रिय भेला काठमाडौंमा हुँदै

बैदेशिक रोजगारीमा रहेर स्वदेश फर्किएका नेपालीहरुलाई राज्यको नीति, कार्यक्रम र योजनाहरुसँग जोड्ने उद्देश्यका साथ ‘बैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुको राष्ट्रिय भेला’ हुने भएको छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्र्तगतको राष्ट्रिय युवा परिषदको आयोजनामा काठमाडौंको रास्ट्रिय सभा गृहमा आगामी असार २७ गते हुने उक्त भेलामा बैदेशिक रोजगारीको लागि विश्वका विभिन्न देशहरुमा रहेर फर्किएका नेपालीहरुको सहभागिता हुनेछ ।


बैदेशिक रोजगारीमा रहदाँको समयमा समाजिक क्रियाकलापमा संलग्न व्यक्तिहरुको सक्रियतामा आयोजित उक्त भेलाको मुख्य उद्देश्य रेमिट्यन्स मार्फत देशको अर्थतन्त्रमा टेवा पु-याएका नेपालीहरु स्वदेश फर्केपछि पनि राष्ट्र निर्माणको लागि योगदान दिन सक्ने वातावरण निर्माण गर्नु रहेको भेला आयोजनामा सक्रिय उत्तम अधिकारीले नयाँ पत्रिकालाई बताए ।

राज्यले बिलम्ब नगरी पूर्व बैदेशिक रोजगारीबाट फर्केका श्रमिकलाई आत्मनिर्भर बनाउदै राष्ट्र निर्माणमा सहयोगीको रुपमा अघि बढाउन राज्यको नीति, योजना र कार्यक्रममा जोडेर सिप र प्रविधियुक्त यो जनशक्तिको भरपुर उपयोग गर्नुपर्ने अपरिहार्यता देखिएको अधिकारीले बताए । बैदेशिक रोजगारीबाट फर्किएकाहरुको वर्तमान अवस्था, यो अवस्थाले नेपालको अर्थतन्त्रमा पार्ने सकारात्मक नकारात्मक असर, बैदेशिक रोजगारीबाट फर्किएकाहरुको अपेक्षा र राज्यको दायित्व शीर्षकमा कार्यपत्र प्रस्तुत गरिने पनि उनले बताए ।

कार्यक्रमको तयारी तिव्र गतिमा भइरहेको र बैदेशिक रोजगारीबाट फर्केकाहरु उक्त अभियानमा जोडिने क्रम बढेको छ । अधिकारीका अनुसार भेला तयारी गरिरहेको अवस्थामा विभिन्न देशहरुबाट फर्किएकाहरुको सम्पर्क बाक्लो भएको र कार्यक्रममा उल्लेख्य रुपमा सहभागीता रहने छ । त्यसलाई व्यवस्थित गर्नको लागि सहभागी अनलाईन फारम भर्नुपर्ने व्यवस्था गरेको पनि उनले बताए ।

मिहिनेत गर्न सक्ने उमेर, जोश जागर, विदेशबाट आर्जित सीप, प्रविधि र धेरथोर लगानी साथमा हुँदाहुँदै पनि लामो समय देश बाहिर रहेका कारण अधिकांशलाई सहज वातावरण र आवश्यक निर्देशन गर्ने निकायको आवश्यकता महसुस भएको वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरु बताउछन ।

तपाईको प्रतिक्रिया