नेपाली राजदूतावास साउदीकाे सचेतना कार्यक्रम सम्पन्न - Naya Patrika
eNaya Patrika
  • ePaper

नेपाली राजदूतावास साउदीकाे सचेतना कार्यक्रम सम्पन्न

नेपाली राजदूतावास साउदी, रियादले नेपाली श्रमिकहरुलाई लक्षित गरेर श्रमिक सुरक्षा, सचेतना, स्वास्थ्य परीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

गत विहीबार साउदी अरबको हायलमा र शुक्रबार अलजौफ सकाका क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा नेपाली श्रमिकहरुको उल्लेख्य सहभागिता रहेको नेपाली राजदुतावास रियादका द्वितिय सचिव भरत खनालले नयाँ पत्रिकालाई बताए ।

नेपाली प्रवासी समाजको सहयोग र समन्वयमा साउदीको हायलमा भएको कार्यक्रममा श्रमिकका समस्या र समस्या समाधानका उपायहरूको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा सम्बन्धित व्यक्तिहरुबाट दूतावासले दिने सेवा र तिनको कार्यविधि, आवश्यक प्रक्रिया र कागजातको बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा उपस्थित नेपालीहरुलाई अलनुर मेडिकल कम्प्लेक्सले निशुल्क स्वास्थ्य परीक्षण प्रदान गरेको थियो । कार्यक्रममा उपस्थित मध्ये ६० जनाल स्वास्थ्य परीक्षण गराएका थिए ।

रियादबाट करिब १ हजार किलो मिटर टाढा पर्ने उक्त क्षेत्रमा रहेका नेपालीहरुलाई श्रमिकका समस्या र समाधानका उपायहरूका विषयमा दूतावासका श्रम काउन्सेलर अम्विकाप्रसाद अधिकारीले जानकारी गराएका थिए । दुतवासका द्वितिय सचिव भरत खनालले दूतावासले दिने सेवा र तिनको कार्यविधि विषयमा र वित्तिय साक्षरता सम्बन्धी वैंकिङ क्षेत्रका रामबहादुर क्षेत्रीबाट जानकारीमूलक विषयवस्तुहरू प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया