राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युएईको अध्यक्षमा पंगेनी - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युएईको अध्यक्षमा पंगेनी

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पहिलो वैदेशिक शाखा युएईको अध्यक्षमा गोपी कृष्ण पंगेनी निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न पहिलो अधिवेशनले पंगेनीलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा ओम कुमारी थयम्वु र नारायण न्यौपाने चयन भएका छन् । त्यस्तै सचिवमा ओमकार पोख्रेल, महिला सचिवमा लक्ष्मी केसी, सह–सचिव अमित विश्वकर्मा, कोषाध्यक्ष बिक्रम पौडेल र सह–कोषाध्यक्षमा गोपाल भट्टराई निर्वाचित भएका छन् ।

कार्यसमिती सदस्यहरूमा प्रकाश ढकाल, राजेश भण्डारी, हेम बहादुर भण्डारी, अनिस दुवाडी, विरेन्द्र दंगाल, पारू मगर, हर्क सिंह, रमेश राणा, केविन जंग शाही, नरेन सापकोटा, बिमादेवी न्यौपाने, मणु क्षेत्री, विकाश अधिकारी, होमनाथ कुवर, कृष्ण सुनार, सुनिता गैरे र यमलाल पराजुली रहेका छन् ।
कार्यक्रममा शिव हमालको लय तथा शब्द र रमेश राना, होमनाथ कुवर र जुना श्रीषको स्वर रहेको लोक दोहोरी गित ‘डाँडैको वर’ को समेत विमोचन गरिएको थियो।

अधिवेशन सम्पन्न गर्न नेपाल पत्रकार महासंघ युएई शाखाका सल्लाहकार एकेन्द्र थापा संयोजक रहेको निर्वाचन समिती निर्माण गरिएको थियो । समितिमा पत्रकार महासंघ युएईका सह–सचिव निर्भिक नारायण भुर्तेल, सदस्यहरू खिमलाल पाण्डे र राम प्रसाद ढुंगेल सदस्य रहेका थिए ।

तपाईको प्रतिक्रिया