जुवाको खालबाट जनप्रतिनिधि पक्राउ - Naya Patrika
eNaya Patrika
  • ePaper

जुवाको खालबाट जनप्रतिनिधि पक्राउ

रुकुम(पश्चिम)मा एक जनप्रतिनिधि जुवाको खालबाट पक्राउ परेका छन् । मुसीकोट नगरपालिका–५ कुनावाङको एक होटलबाट मुसीकोट नगरपालिका ३ का वडा सदस्य टेकवहादुर बि.क.लाई प्रहरीले पक्राउ गरेको हो ।

उनि सहित होटेल संचालक ३३ वर्षीय माधवप्रसाद शर्मा, मुसीकोट ११ का ४० वर्षीय गोविन्द बुढा, तवाड नं. ३ का ४१ वर्षीय मित्रलाल केसी र मुसीकोट ५ का ३२ वर्षीय रामवहादुर गिरी पनि पक्राउ परेको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए ।

उनिहरुलाई जुवाको खालबाट एक लाख ८१ हजार नगद सहित मंगलबार राति ११ बजे पक्राउ गरेको डिएसपि खड्काले बताए । जुवा खेलिरहेको सूचनाका आधारमा छापा मारी उनिहरुलाई रंगेहात पक्राउ गरिएको उनको भनाई छ । जुवातास ऐन अन्तरगत मुद्दा दर्ता गरि अनुसन्धान भैरहेको डिएसपि खड्काले बताए । आज जिल्ला अदालतबाट सात दिनकाे म्याद समेत थप भएको बताईएको छ ।

तपाईको प्रतिक्रिया