अनिद्राका कारण मधुमेह - Naya Patrika
eNaya Patrika
  • ePaper

अनिद्राका कारण मधुमेह

अनिद्रा आफैँमा एउटा शारीरिक समस्या हो । यस्तो समस्याले निद्रा मात्र बिगार्दैन कि विभिन्न शारीरिक तथा मानसिक समस्याको सिकार पनि बनाउँछ । यी हुन् अनिद्राका विविध असर :


मानसिक समस्या
अनिद्राले मानसिक समस्या निम्त्याउने गर्छ । अनिद्राका कारण स्मरणशक्ति पनि कमजोर भएर जाने गर्छ ।
अनिद्राको समस्याले चिडचिडाहट, बढी रिस उठ्नेजस्ता समस्या पनि निम्तिने गर्छ । जसले मानिसको जीवनशैली र दैनिकीमै अवरोध निम्तिन्छ ।

अनिद्राको समस्याले फ्रेस फिल नहुने, जतिवेला पनि झप्के निद्रा लागिरहने, भोक नलाग्नेजस्ता समस्याको सिकार बनाउँछ ।

मधुमेह
अनिद्राको समस्याले विभिन्न हानिकारक हर्मोनको उत्पादन गर्छ । जसले शरीरमा चिनीको मात्रा वृद्धि गर्छ । यसले गर्दा यस्तो समस्या भएका मानिस मधुमेहको उच्च जोखिममा हुन्छन् ।

उच्च रक्तचाप
अनिद्राले रक्तचापलाई पनि अनियन्त्रित बनाउँछ । जसले उच्च रक्तचापको समस्या निम्त्याउँछ । अनिद्राले मुटुरोगको जोखिम पनि हुन्छ ।

पेटको समस्या
अनिद्राले पेटमा विभिन्न खालका समस्या निम्तिने गर्छ । अनिद्राको समस्याले पाचन प्रक्रियालाई समेत धिमा पार्छ । यसले अपचको समस्या हुने भएकाले पेटसम्बन्धी विभिन्न खालको समस्या निम्तिने गर्छ ।

 

तपाईको प्रतिक्रिया