प्रवासी नेपालीको सहयोगमा स्कुल भवन निर्माण - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रवासी नेपालीको सहयोगमा स्कुल भवन निर्माण

 प्रवासमा रहेका नेपालीले खोटेहाङ गाउँपालिका–२ समाजकाली निम्नमाध्यमिक विद्यलयका लागि चारकोठे पक्की भवन निर्माण गरिदिएका छन् । वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुक पुगेका नेपालीले संकलन गरेको १७ लाखभन्दा बढी रकमबाट सो भवन निर्माण गरिएको हो ।


प्रवासमा रहेका नेपालीले विद्यालय भवन निर्माणका लागि १७ लाख ५१ हजार २ सय ६६ रुपैयाँ संकलन गरेका थिए । यो रकममा स्थानीयले ७ लाखबराबरको जनश्रमदान गरेका थिए । ०२४ मा संस्थापक ब्रन्डबहादुर राईबाट स्थापित यस विद्यालयमा विद्यार्थी संख्या बढ्दै गएपछि कक्षाकोठा अभाव भएको थियो । स्थानीयको सहयोगमा जग्गा खरिद गरी विद्यालय भवन निर्माण गरेको भवन निर्माण समितिका अध्यक्ष शिवचन्द्र राईले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया