मदन भण्डारी राजमार्ग बनाउन साढे चार अर्ब बजेट - Naya Patrika
eNaya Patrika
  • ePaper

मदन भण्डारी राजमार्ग बनाउन साढे चार अर्ब बजेट

सरकारले मदन भण्डारी राजमार्ग निर्माणका लागि आगामी आर्थिक वर्षमा चार अर्ब ५० करोड रूपैयाँ बजेट विनियाेजना गरेकाे छ।

सरकारले केही दिनअघि सार्वजनिक गरेकाे आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा मदन भण्डारी राजमार्ग निर्माण गर्ने उल्लेख गरेकाे थियाे ।

झापाको शान्तिनगरदेखि पाल्पा, प्युठान, सुर्खेत हुँदै डडेलधुरासम्म पुग्ने साे राजमार्ग १२ सय किलोमिटर लामो हुनेछ । अहिले धरान चतरादेखि हेटौंडासम्मको काम अघि बढिसकेको छ । ३०० किलाेमिटरको साे खण्ड निर्माण सकिन लागेको छ ।

तर, झापाको शान्तिनगरदेखि धरानसम्मको खण्डको डिपिआर तयार गर्न भने बाँकी छ । यस्तै, पाल्पाको राम्दीबाट गुल्मी हुँदै प्युठानसम्मको भागमा पनि डिपिआरकाे काम बाँकी रहेकाे छ ।

तपाईको प्रतिक्रिया