ट्रम्प– किम शिखर वार्ता रद्द - Naya Patrika
eNaya Patrika
  • ePaper

ट्रम्प– किम शिखर वार्ता रद्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको प्रस्ताबित शिखर वार्ता रद्द भएको छ ।

यही जुन १२ मा गर्ने भनिएको बहुृप्रतिक्षित शिखर वार्ता रद्द भएको हो । राष्ट्रपति ट्रम्पले बिहीबार उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र लेखि वार्ता रद्द भएको जानाकारी दिएका हुन् । उत्तर कोरियाली नेताको हालैका ‘आक्रोशपूर्ण अभिव्यक्ति’लाई कारण दर्शाउदै टम्पले बार्ता रद्द गरेका हुन ।

 

 

‘तपाईहरुको तर्फबाट हालैको अभिव्यक्तिमा देखिएका डरलाग्दो आक्रोश र खुला शत्रुताका कारण प्रस्ताबित जुन १२ वार्ता रद्द भएको अवगत गराउछु,’ ट्रम्पले भनेका छन् । ट्रम्पले उत्तर कोरियाका उपविदेशमन्त्रीको भनाईप्रति संकेत गरेका हुन । उपविदेशमन्त्री चोइ सो हुइले उपराष्टपति माईक पेन्सलाई ‘अज्ञानी र मूर्ख’ भेनकी थिइन ।

आगामी कुनै दिन उत्तरसँग वार्ता हुने ट्रम्पले संकेत गरेका छन । ‘कुनै दिन तपाईसँगको भेट हुने आशा गर्छु’ ट्रम्पले किमलाई लेखेको पत्रमा भनिएको छ ।

 

तपाईको प्रतिक्रिया