सन्तानसँग बस्न रुचाउँछन् चिनियाँ वृद्धवृद्धा - Naya Patrika
eNaya Patrika
  • ePaper

सन्तानसँग बस्न रुचाउँछन् चिनियाँ वृद्धवृद्धा

आधाभन्दा बढी चिनियाँ वृद्धवृद्धा आफ्ना सन्तानसँग बस्न रुचाउने गरेको पाइएको छ । चीनको एउटा पछिल्लो सर्वेक्षणले सो दर्साएको हो । सोसल साइन्सेस एकेडेमिक प्रेसले चिनियाँ सहरी तथा ग्रामीण दुवै क्षेत्रमा बसोवास गर्ने वृद्धवृद्धाबीच सन् २०१५ मा गरेको सर्वेक्षणमा ५६.४ प्रतिशत वृद्धवृद्धाले बुढ््यौलीमा आफ्नै सन्तानको रेखदेख रहोस् भन्ने चाहेका थिए ।

चीनको सहरी इलाकामा बसोवास गर्ने वृद्धवृद्धाको तुलनामा ग्रामीण क्षेत्रमा बस्ने वृद्धवृद्धाले सन्तानले बुढ््यौलीमा हेरचाह गर्नुपर्ने बताएका थिए । गाउँका ४.१ प्रतिशत वृद्धवृद्धाको रुचि आफ्ना सन्तानप्रति बढी देखिएको सर्वेक्षणमा दर्साइएको छ ।

पुरुषको तुलनामा महिलाहरूले आफ्नो जीवनको उत्तराद्र्धतिर सन्तानको मायाको बढी अपेक्षा गरेको सर्वेक्षणमा देखिएको छ । चीनमा वृद्धवृद्धाले आफ्ना सन्तानसँग बस्ने र सन्तानले आफ्ना वृद्ध बाबुआमालाई हेर्ने अभ्यासलाई परम्परागत जिम्मेवारीका रूपमा लिने गरिन्छ । सर्वेक्षणमा ८१.४ प्रतिशत चिनियाँ ज्येष्ठ नागरिकले सन्तानद्वारा अभिभावकप्रति देखाउने दया र मायाप्रति सन्तुष्टि व्यक्त गरेका थिए । ८० वर्षमाथिका १४.८ प्रतिशत ज्येष्ठ नागरिकले भने नकारात्मक धारणा राखेका थिए । सर्वेक्षणमा ६० वर्षमाथिका दुई लाख २२ हजार ७ सय चिनियाँ नागरिकलाई सहभागी गराइएको थियो । सर्वेक्षणको नतिजा शनिबार सार्वजनिक गरिएको हो ।

 

तपाईको प्रतिक्रिया