धुम्बाराहीमा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय - Naya Patrika
eNaya Patrika
  • ePaper

धुम्बाराहीमा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय

नवगठित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीस्थित पूर्व एमालेको केन्द्रीय कार्यालयलाई बनाइएको छ । पहिलेको साईनबोर्ड राखिएको ठाउँमा नेकपाको साईनबोर्ड राखिएको छ ।

तत्कालका लागि धुम्बाराहीको कार्यालयलाई केन्द्रीय कार्यालय र पेरिसडाँडाको कार्यालयलाई सम्पर्क कार्यालय बनाउने सो पार्टीको तयारी छ । नेकपाका अध्यक्षद्वयसहित ९ सदस्यीय हाईकमाण्ड टोलीले ४ बजे दुवै कार्यलयको निरीक्षण गर्ने भएका छन् ।

एमाले र माअाेवादी केन्द्रको एकतापछि बिहीबार बनेको नेकपाका अध्यक्षद्वयले दुवै कार्यालय अवलोकनपछि कार्यालय व्यवस्थापन प्रक्रिया अघि बढ्ने बताइएको छ ।

यसैबीच, पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले आज धुम्बाराहीस्थित कार्यालयमा पुगी दैनिक कार्यभार सुरु गरेका छन् । उनलाई कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलगायतले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु