नेपाल कम्युनिस्ट पार्टीको पहिलो बैठक गोकर्ण रिसोर्टमा - Naya Patrika
eNaya Patrika
  • ePaper

नेपाल कम्युनिस्ट पार्टीको पहिलो बैठक गोकर्ण रिसोर्टमा

दुई ठूला वाम दल एमाले र माओवादी आज (बिहीबार) एकीकरण हुँदै छन् । एकीकरणपछि बन्ने नयाँ पार्टी ‘नेपाल कम्युनिस्ट पार्टी’को पहिलो बैठक गोकर्ण रिसोर्टमा बस्ने एमाले केन्द्रीय कार्यलयका सचिव कृष्णगोपाल श्रेष्ठले बताएका छन् ।

आज साँझसम्ममा हुने पार्टी एकता घोषणा प्रक्रियालाई अन्तिम रुप दिन अहिले दुई पार्टीका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । एकता संयोजन समितिको बैठकपछि एमालेको केन्द्रीय कमिटी बैठक र माओवादीको सचिवालय बैठक बस्ने छ । यद्यपी यसअघि दिउँसो ३ बजे तय गरिएको दुवै पार्टीको संयुक्त बैठक नबस्ने भएको छ ।

४ बजे निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने र त्यसपछि राष्ट्रिय सभा गृहमा पार्टी एकता घोषण गर्ने कार्यक्रम रहेको छ । पार्टी एकताको खुशीयालीमा काठमाडौंको थलीमा रहेकाे गोकर्ण रिसोर्टमा आजै नेपाल कम्युनिस्ट पार्टीको पहिलो बैठक बस्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु