ओली-प्रचण्डले संयुक्त रुपमा रोपे बिरुवा (फोटोफिचर) - Naya Patrika
eNaya Patrika
  • ePaper

ओली-प्रचण्डले संयुक्त रुपमा रोपे बिरुवा (फोटोफिचर)

प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक जारी छ । बैठक बस्नुअघि शीर्ष नेताहरुले बालुवाटार परिसरमा बिरुवा रोपेका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा बिरुवा रोपेर पानी हालेका हुन् । त्यस्तै एमाले र माओवादीका अन्य नेताहरुले पनि बिरुवा रोपेका थिए ।

संयोजन समितिको बैठकले दुई अध्यक्षबीच सहमति भइसकेको एकतासम्बन्धी राजनीतिक र सांगठनिक प्रतिवेदनलाई अनुमोदन गर्नेछ ।

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

तपाईको प्रतिक्रिया