कम्युनिस्टले अब फुट्न बिर्सिए: प्रधानमन्त्री ओली - Naya Patrika
eNaya Patrika
  • ePaper

कम्युनिस्टले अब फुट्न बिर्सिए: प्रधानमन्त्री ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरुले अब फुट्न बिर्सिएको बताएका छन् । २५ औं मदन–आश्रीत स्मृति सभालाई  बिहीबार बल्खुमा सम्बोधन गर्दै ओलीले कम्युनिष्टहरुले अब जुट्न मात्र जानेको बताएका हुन् ।

‘एमाले –माओवादी एकताले नेपालको राजनीति, समाजनीति, नेपालको वर्तमान भविष्य, अर्थतन्त्र र संस्कृतिलाई अनेक कोणबाट असर पार्छ ’,यो एकता असाधारण र दुरगामी महत्वको भएको उनको दावी छ । कुन पार्टीको कति सदस्य छन् भन्ने कुनै हिसाव नहुने भन्दै ओलीले एकता संख्यात्मक भन्दा गुणात्मक महत्वको रहको दावी गरे । ‘आज निर्वाचन आयोगमा पार्टी भन्दा पनि नेपालको भविष्यको संकेत दर्ता हुँदैछ’ उनले भने ।

एमाले–माओवादी एकतामा कांग्रेसलाई नअत्तालिन ओलीले आग्रह गरेका छन् । कम्युनिष्ट एकता दमनकारी नभएर विकासको एकता भएको बताए ।  ‘ एकताले शासन होइन, सेवा गर्छ, भ्रष्टचार होइन सुशासन ल्याउँछ’ उनले भने । आजबाट कांग्रेस प्रतिस्पर्धी नभएर सहयोगी पार्टी भएको ओलीको भनाइ छ । अव कांग्रेस–कम्युनिष्ट मिलेर देश चलाउने उनले बताए ।

आजै संयुक्त केन्द्रीय बैठक बस्ने
एमाले र माओवादी केन्द्रको आजै संयुक्त केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । संयुक्त बैठकले नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी घोषणा गर्नेछ र सोही केन्द्रीय कमिटीले नै निर्वाचन आयोगमा पार्टी दर्ता गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु