सुवेदीलाई चलचित्र पत्रकारिता पुरस्कार - Naya Patrika
eNaya Patrika
  • ePaper

सुवेदीलाई चलचित्र पत्रकारिता पुरस्कार

चलचित्र पत्रकार संघ नेपालले नयाँ पत्रिकाकर्मी लक्ष्मण सुवेदीलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । संघले १९आैँ स्थापना दिवसको अवसर पारेर जेठ ७ गते पुरस्कार प्रदान गर्नेछ ।
संघको बुधबार बसेको कार्यसमिति बैठकले नयाँ पत्रिकामा उपसम्पादकका रूपमा कार्यरत सुवेदी र टिभी फिल्मीकी कार्यक्रम प्रस्तोता सन्ध्या थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । झन्डै दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय सुवेदी संघका पूर्वउपाध्यक्ष हुन् । पुरस्कारको रकम जनही २१ हजार रुपैयाँ, ट्रफी र ताम्रपत्र रहेको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


संघले चलचित्र पत्रकारिता सम्मान चलचित्र पत्रकारद्वय ध्रुव लम्साल र दयाराम पाण्डेलाई प्रदान गर्ने निर्णय गरेको छ । लम्साल राजधानी दैनिक र पाण्डे रमाइलो टिभीमा कार्यरत छन् । चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार फिल्मी खबर डटकममा कार्यरत मनीष दाहाल (अञ्जान)लाई प्रदान गरिने भएको छ । पुरस्कारस्वरूप एक थान ल्यापटप, ताम्रपत्र र ट्रफी प्रदान गरिने विज्ञप्तिमा खुलाइएको छ । चलचित्र पत्रकार संघले जेठ ७ गतेलाई चलचित्र पत्रकारिता दिवसका रूपमा मनाउँदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया