मानव बेचबिखनविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुन्छः चौधरी - Naya Patrika
eNaya Patrika
  • ePaper

मानव बेचबिखनविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुन्छः चौधरी

प्रदेश ७ की भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले मानव बेचबिखनविरुद्ध प्रदेश सरकार कडा रुपले प्रस्तुत हुने बताएकी छन् ।

बुधबार माइती नेपालले कञ्चनपुरमा आयोजना गरेको ‘सिमा क्षेत्रमा मानव बेचबिखन’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले कार्ययोजना बनाएरै प्रदेश सरकार मानव बेचबिखनविरुद्ध अभियान चलाउने तयारीमा गरेको बताइन् ।

‘मुलुकमा थुप्रै परिर्वतन भए तर महिलामाथी हुने हिंसा अझै रोकिएका छैनन्’, उनले भनिन्, ‘मानव बेचबिखन बिरुद्ध प्रदेश सरकार कडा रुपमा प्रस्तुत हुन्छ ।’

माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले पश्चिम नेपालको गड्डाचौकी नाका मानव तस्करीको ट्रान्जिट प्वाइन्टका रुपमा विकसित हुदै गएको बताइन् । ‘खुला नाका छ, हेर्दा हेर्दै कुन नाकाबाट पार गर्दछ, थाहै हुँदैन’, उनले भनिन् । गड्डाचौकी नाकाबाट महिलालाई विभिन्न प्रलोभनमा पारि मध्यपूर्व, पूर्वी एसिया, सुडान तथा यूरोप र अफ्रिकी देशमा पु¥याउने गरेको भट्टले बताइन् ।
‘झूठो विवाहको बहानामा चीन कोरिया हुदै विश्वमा नै आन्तरिक सिमापार र समुन्द्रपार गर्ने कार्य दिन दुगुना रात चौगुनाका दरले बृद्धि हुँदै गइरहेको छ’, उनले भनिन् ।

माइती नेपालका कार्यकारी निर्देशक विश्व खड्काले मानव बेचबिखनका घटना न्यूनिकरण गर्न दुवै देशका अधिकारीबीच संयुक्त छलफल गरिएको बताए ।

खड्काले माइती नेपाल स्थापनाको २५ वर्षमा ३६ हजार ४५ महिला तथा बालबालिकालाई उद्दार गरिएको बताए । उनका अनुसार १८ हजार ५५ लाई कानुनी उपचार र १० हजार ६ सय ६५ घरेलु हिंसा पीडितको परिवारसंग पुनर्मिलन गराइएको छ ।

भारतका मानव अधिकारकर्मी तेज सिंह भण्डारीले दुवै देशका नागरिकको स्तरबाटै मानव बेचबिखन बिरुद्धका काम गर्नुपर्ने बताए । उनले लामो समयदेखि माइती नेपालसँग समन्वय गरेर भारतीय अधिकारकर्मीले मानव बेचबिखन विरुद्ध काम गरेको उनको भनाइ छ ।

भारतको चम्पावत जिल्लाका प्रहरी प्रमुख धिरेन्द्र सिह गुन्ज्यालले मानव बेचबिखन अन्र्तराष्ट्रिय समस्या रहेको बताए ।

उनले उद्धार गर्ने, नियन्त्रण गर्ने र पुर्नस्थापना गर्ने छुट्टाछुट्टै व्यवस्था निर्माण गर्नुपर्नेमा जोड दिए ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले मानव बेचबिखन विरुद्ध अभियानकै रुपमा सरोकारवाला सकृय हुनुपर्नेमा जोड दिए । ‘मानव बेचबिखनको काम निरुत्साहित पानुपर्छ’, उनले भने, ‘मानव तस्करीमा संलग्न कसैलाई पनि छुट दिनुहुँदैन् ।’

तपाईको प्रतिक्रिया